२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ करोड डाँका मार्ने बहालवाला हवल्दारसहित ४ जना सार्वजनिक



अ+ अ-

काठमाडौँ । डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

मंगलवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले असार ४ गते भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरमा अपरिचित ३ जना व्यक्तिहरु प्रवेश गरी सिबिआई हुँ भन्दै घरधनी र सदस्यहरुलाई नियन्त्रणमा लिइ दराजभित्र रहेको २ करोड नेपाली रुपैयाँ डाँका चोरी तथा लुटपाट गरी फरार रहेको बताउनु भयो । उक्त घटनामा संलग्न रहेका सुजन

रसाईलीसहित ४ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको बताउनु भयो । पक्राउ पर्नेमा वर्ष ३० का सिन्धुपाल्चोक बाह्रबिसे २ का सुजन रसाईली, सिन्धुपाल्चोक भोटेकोशी २ का वर्ष ३१ का भीमबहादुर तामाङ, वर्ष ३६ का ओखलढुंगा मानेभञ्ज्याङ ३ का मुनाराज राई र वर्ष ३८ का सिन्धुपाल्चोक भोटेकोशी २ कै कृष्णबहादुर बोहरा रहेको प्रहरीले बताएको छ ।

डिल्लीबहादुर राउतको मामा कुलबहादुर खत्रीलाई राउतको घरमा बढी मात्रामा रकम रहेको भन्ने जानकारी भएकोमा निज खत्रीले वैदेशिक रोजगारको काम गर्ने सिलसिलामा चिनेका सुजन रसाईलीलाई उक्त कुरा जानकारी गराइ लुट्ने योजना बनाएको पाइएको प्रहरीले बताएको छ ।

प्रहरीले निजहरुबाट ३६ लाख ३६ हजार, घटनामा प्रयोग भएको बा.प्र. ०२—०४०प.५५३८ र बा.प्र.०२—०३३ प ६१७४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल २ थान, मोबाइल थान १०, लुटिएको रकम बोक्न प्रयोग गरिएको झोला थान २, डाँका चोरी तथा लुटपाट र्गा लगाएको कपडाहरु, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको जुत्ता ३ जोर, खुकुरी एक थान बरामद भएको बताएको छ ।