१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

दक्षिण चीन सागरमा अमेरिकी लडाकु विमान दुर्घटना

दक्षिण चीन सागरमा अमेरिकी लडाकु विमान दुर्घटना
अ अ+ अ-

बैंकक । दक्षिण चीन सागरमा अभ्यास गरिरहेको अमेरिकी नौसेनाको एफ३५सी लाइटनिङ ।। लडाकु विमान अमेरिकी विमानवाहक जहाजको डेकमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा सात जना नाविक घाइते भएको सेनाले बताएको छ ।

युएसएस कार्ल भिन्सन डेकमा अवतरण गर्दा दुर्घटना हुनु अघि पाइलटले विमानबाट हाम फालेका थिए। सेनाको हेलिकप्टरबाट पाइलटको खोजी गरिएको थियो । उनको अवस्था स्थिर रहेको छ ।

दुर्घटनामा सात जना नाविक घाइते भएका छन् । तीमध्ये तीनलाई उपचारका लागि फिलिपिन्सको राजधानी मनिलामा भर्ना गरिएको छ । अरुको भने जहाजमै उपचार भइरहेको छ ।

मङ्गलबार बिहान मनिला पठाइएका तीन जना नाविकको अवस्था स्थिर रहेको सेनाले जनाएको छ ।

युएस प्यासिफिक फ्लीटका प्रवक्ताले दुर्घटनाको कारणबारे थप जानकारी नभएको र अनुसन्धान जारी रहेको बताए।

उल्लेखनीय कुरा के छ भने चीनले दक्षिण चीन सागरमा आफ्नो दाबी राख्दै ताइवानमाथि लगातार दबाब बढाइरहेको छ।

यसरी अमेरिका र यसका सहयोगीहरूले यस क्षेत्रमा अभ्यासलाई तीव्र पारेका छन्, जसलाई उनीहरूले अन्तर्राष्ट्रिय कानूनअनुसार ‘नेभिगेसनको स्वतन्त्रता’ सञ्चालन भनेका छन्।