४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनी समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश, बराबरी खेलेको स्वीट्जरल्यान्ड पनि नकआउट चरणमा



अ+ अ-

काठमाडौँ । आयोजक जर्मनी युरो २०२४ अन्तर्गत समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेसँगै जर्मनी समूह विजेता बनेको हो ।

खेलको २८ औं मिनेटमा डान एन्डोइले गोल गर्दै स्वीट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिनै लाग्दा इन्जुरी समयमा वैकल्पिक खेलाडी निकलास फुल्कवर्गले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए ।

बराबरीसँगै स्वीट्जरल्यान्ड समूह उपविजेता बनेर अन्तिम १६ मा स्थान बनाएको छ ।

समूह ए मा जर्मनीले ३ खेलबाट ७ अंक जोड्यो । स्वीट्जरल्यान्डले ५ अंक जोड्यो । यस समूहबाट स्कटल्यान्ड बाहिरियो । हँगेरीको भने नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ ।