२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियालाई हराएपछि नइबले भने – हाम्रो यात्रा अब सुरु भयो



अ+ अ-

एजेन्सी । अफगानिस्तानका तिब्र गतिका बलर गुलबदिन नइबले अष्ट्रेलियाविरुद्ध खेलिएको टी–२० विश्वकप २०२४ को ४८ औं खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

यस खेलमा अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक अस्ट्रेलियाविरुद्ध जित दर्ता गरेको छ ।

अफगानिस्तानको यो ऐतिहासिक जितमा गुलबदिन नइब खेल विजेताको रुपमा उभिए जसले ४ विकेट लिएर कंगारु टोलीलाई ध्वस्त पारे । यो खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी प्लेयर अफ द म्याच पनि बनेका थिए ।

गुलबदिनले यो खेलपछि पोस्ट म्याच कन्फरेन्समा भने – हामी लामो समयदेखि यो जितको प्रतीक्षामा थियौं । यो मेरो लागि मात्र होइन, मेरो देश र मेरा जनताका लागि विशेष क्षण हो । यो हाम्रो क्रिकेट टोलीको लागि ठूलो उपलब्धि हो । मसँग मेरो खुशी व्यक्त गर्ने शब्द छैन, तर मलाई सधै साथ दिने सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । यो सम्पूर्ण टिमको मिहिनेत हो जुन उनीहरुले विगत दुई महिनादेखि गरिरहेका छन् र नतिजा तपाईहरुको सामु छ ।

उनले अगाडि भने – भगवानलाई धन्यवाद, हामीले अन्ततः अष्ट्रेलियालाई पराजित गर्यौं । हाम्रो विगतको नतिजालाई हेर्ने हो भने खास केही छैन, तर हामीले विगत १० वर्षमा जे हासिल गरेका छौं त्यो ठूलो उपलब्धि हो । हामीले राम्रो खेल खेल्यौं र पहिलो राउण्डमा न्युजिल्यान्डलाई हरायौं र अब अस्ट्रेलियालाई हरायौं, यो सजिलो थिएन । यो विश्व च्याम्पियन टोली हो र तिनीहरूलाई हराउनु हाम्रो लागि ठूलो सफलता हो । हामी यो फर्म जारी राख्नेछौं ।

आअफगानिस्तान क्रिकेट टोलीले सुपर ८ मा अस्ट्रेलियाली टोलीलाई हराएर क्रिकेट इतिहासमा सबैभन्दा ठूलो अपसेट सिर्जना गरेको थियो । यसरी अफगान टोलीले २०२३ को एकदिवसीय विश्वकपमा अष्ट्रेलियासँगको हारको बदला पनि लिएको छ ।