८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अष्ट्रेलियालाई हराएपछि नइबले भने – हाम्रो यात्रा अब सुरु भयो

अष्ट्रेलियालाई हराएपछि नइबले भने – हाम्रो यात्रा अब सुरु भयो
अ अ+ अ-

एजेन्सी । अफगानिस्तानका तिब्र गतिका बलर गुलबदिन नइबले अष्ट्रेलियाविरुद्ध खेलिएको टी–२० विश्वकप २०२४ को ४८ औं खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

यस खेलमा अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक अस्ट्रेलियाविरुद्ध जित दर्ता गरेको छ ।

अफगानिस्तानको यो ऐतिहासिक जितमा गुलबदिन नइब खेल विजेताको रुपमा उभिए जसले ४ विकेट लिएर कंगारु टोलीलाई ध्वस्त पारे । यो खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी प्लेयर अफ द म्याच पनि बनेका थिए ।

गुलबदिनले यो खेलपछि पोस्ट म्याच कन्फरेन्समा भने – हामी लामो समयदेखि यो जितको प्रतीक्षामा थियौं । यो मेरो लागि मात्र होइन, मेरो देश र मेरा जनताका लागि विशेष क्षण हो । यो हाम्रो क्रिकेट टोलीको लागि ठूलो उपलब्धि हो । मसँग मेरो खुशी व्यक्त गर्ने शब्द छैन, तर मलाई सधै साथ दिने सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । यो सम्पूर्ण टिमको मिहिनेत हो जुन उनीहरुले विगत दुई महिनादेखि गरिरहेका छन् र नतिजा तपाईहरुको सामु छ ।

उनले अगाडि भने – भगवानलाई धन्यवाद, हामीले अन्ततः अष्ट्रेलियालाई पराजित गर्यौं । हाम्रो विगतको नतिजालाई हेर्ने हो भने खास केही छैन, तर हामीले विगत १० वर्षमा जे हासिल गरेका छौं त्यो ठूलो उपलब्धि हो । हामीले राम्रो खेल खेल्यौं र पहिलो राउण्डमा न्युजिल्यान्डलाई हरायौं र अब अस्ट्रेलियालाई हरायौं, यो सजिलो थिएन । यो विश्व च्याम्पियन टोली हो र तिनीहरूलाई हराउनु हाम्रो लागि ठूलो सफलता हो । हामी यो फर्म जारी राख्नेछौं ।

आअफगानिस्तान क्रिकेट टोलीले सुपर ८ मा अस्ट्रेलियाली टोलीलाई हराएर क्रिकेट इतिहासमा सबैभन्दा ठूलो अपसेट सिर्जना गरेको थियो । यसरी अफगान टोलीले २०२३ को एकदिवसीय विश्वकपमा अष्ट्रेलियासँगको हारको बदला पनि लिएको छ ।