१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

रङ्गशाला बाहिर भएको भागदौडमा छ को मृत्यु

रङ्गशाला बाहिर भएको भागदौडमा छ को मृत्यु
अ अ+ अ-

क्यामरुन । अफ्रिकाको शीर्ष फुटबल प्रतियोगिताको एक खेलका क्रममा रङ्गशाला बाहिर भागदौड हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ । यो घटनाले उपमहाद्वीपको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता आयोजना गर्ने क्यामरुनको क्षमतामाथि प्रश्नचिह्न उठेको छ ।

क्यामरुनको मध्य क्षेत्रका गभर्नर नासेरी पल बियाले मृत्यु हुनेको सङ्ख्या धेरै हुनसक्ने बताएका छन्। “हामी हालसम्म मृत्युको कुल सङ्ख्या दिन सक्ने अवस्थामा छैनौँ”, उनले भने।

अफ्रिकन कप अफ नेसन्समा आयोजक क्यामरुन र कोमोरोसबीचको अन्तिम १६ को खेल हेर्न दर्शकहरू ओलोम्बे स्टेडियममा प्रवेश गर्ने प्रयास गर्दा भागदौड मच्चिएको थियो।

मासासी अस्पतालका अधिकारीहरूले कम्तिमा ४० जना घाइतेलाई अस्पतालमा ल्याइएको बताएका छन्। अस्पतालले सबैको उपचार गर्न नसकेको अधिकारीहरुले बताएका छन् । एक नर्सले भनिन्, “कतिपयको अवस्था निकै नाजुक छ । हामी तिनलाई अर्को अस्पताल पठाउनेछौँ।”

भागदौडको चपेटामा बालबालिका पनि 

भागदौडपछि रङ्गशालाको प्रवेशद्वारबाहिर मानिसहरु बेहोस भएर लडिरहेका थिए । उनीहरुका जुत्ता, टोपी र रङ्गीन झण्डा छरिएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार भागदौडमा बालबालिका समेत घाइते भएका छन् । रङ्गशालाका कर्मचारीले ढोका बन्द गरेर भित्र पस्न नदिएपछि भागदौड मच्चिएको उनीहरुको भनाइ छ ।

६० हजार दर्शक क्षमताको रङ्गशालामा कोरोना महामारीका कारण ८० प्रतिशतलाई मात्र प्रवेश गर्न दिइएको थियो । फुटबल अधिकारीका अनुसार करिब ५० हजार दर्शकले प्रवेश गर्ने प्रयास गरेका थिए ।

पहिलो पटक अफ्रिकन कप आयोजना गर्दै क्यामरुन 

अफ्रिकी फुटबल महासङ्घले भनेको छ, “हामी स्थितिको अनुसन्धान गरिरहेका छौँ। विस्तृत विवरण सङ्कलनको प्रयास भइरहेको छ । हामी क्यामरुन सरकार र स्थानीय आयोजक समितिसँग सम्पर्कमा छौँ।”

क्यामरुनले ५० वर्षमा पहिलो पटक अफ्रिकन कप आयोजना गर्दैछ। उसले सन् २०१९ मा नै आयोजना गर्ने थियो तर तयारीको आशङ्काका कारण इजिप्टलाई हस्तान्तरण गरिएको थियो ।

यसअघि आइतबार याओन्डेको एक नाइटक्लबमा शृङ्खलाबद्ध विस्फोटनपछि भएको आगलागीमा परी कम्तीमा १७ जनाको मृत्यु भएको थियो ।

क्यामरुनका राष्ट्रपति पल बियाले देशले सबैभन्दा ठूलो फुटबल प्रतियोगिता आयोजना गरिरहेको भन्दै मानिसहरूलाई सतर्क रहन आग्रह गरे ।

क्यामरुनले सोमबार म्याच २–१ मा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।