२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित

रङ्गशाला बाहिर भएको भागदौडमा छ को मृत्यु

रङ्गशाला बाहिर भएको भागदौडमा छ को मृत्यु
अ अ+ अ-

क्यामरुन । अफ्रिकाको शीर्ष फुटबल प्रतियोगिताको एक खेलका क्रममा रङ्गशाला बाहिर भागदौड हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ । यो घटनाले उपमहाद्वीपको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता आयोजना गर्ने क्यामरुनको क्षमतामाथि प्रश्नचिह्न उठेको छ ।

क्यामरुनको मध्य क्षेत्रका गभर्नर नासेरी पल बियाले मृत्यु हुनेको सङ्ख्या धेरै हुनसक्ने बताएका छन्। “हामी हालसम्म मृत्युको कुल सङ्ख्या दिन सक्ने अवस्थामा छैनौँ”, उनले भने।

अफ्रिकन कप अफ नेसन्समा आयोजक क्यामरुन र कोमोरोसबीचको अन्तिम १६ को खेल हेर्न दर्शकहरू ओलोम्बे स्टेडियममा प्रवेश गर्ने प्रयास गर्दा भागदौड मच्चिएको थियो।

मासासी अस्पतालका अधिकारीहरूले कम्तिमा ४० जना घाइतेलाई अस्पतालमा ल्याइएको बताएका छन्। अस्पतालले सबैको उपचार गर्न नसकेको अधिकारीहरुले बताएका छन् । एक नर्सले भनिन्, “कतिपयको अवस्था निकै नाजुक छ । हामी तिनलाई अर्को अस्पताल पठाउनेछौँ।”

भागदौडको चपेटामा बालबालिका पनि 

भागदौडपछि रङ्गशालाको प्रवेशद्वारबाहिर मानिसहरु बेहोस भएर लडिरहेका थिए । उनीहरुका जुत्ता, टोपी र रङ्गीन झण्डा छरिएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार भागदौडमा बालबालिका समेत घाइते भएका छन् । रङ्गशालाका कर्मचारीले ढोका बन्द गरेर भित्र पस्न नदिएपछि भागदौड मच्चिएको उनीहरुको भनाइ छ ।

६० हजार दर्शक क्षमताको रङ्गशालामा कोरोना महामारीका कारण ८० प्रतिशतलाई मात्र प्रवेश गर्न दिइएको थियो । फुटबल अधिकारीका अनुसार करिब ५० हजार दर्शकले प्रवेश गर्ने प्रयास गरेका थिए ।

पहिलो पटक अफ्रिकन कप आयोजना गर्दै क्यामरुन 

अफ्रिकी फुटबल महासङ्घले भनेको छ, “हामी स्थितिको अनुसन्धान गरिरहेका छौँ। विस्तृत विवरण सङ्कलनको प्रयास भइरहेको छ । हामी क्यामरुन सरकार र स्थानीय आयोजक समितिसँग सम्पर्कमा छौँ।”

क्यामरुनले ५० वर्षमा पहिलो पटक अफ्रिकन कप आयोजना गर्दैछ। उसले सन् २०१९ मा नै आयोजना गर्ने थियो तर तयारीको आशङ्काका कारण इजिप्टलाई हस्तान्तरण गरिएको थियो ।

यसअघि आइतबार याओन्डेको एक नाइटक्लबमा शृङ्खलाबद्ध विस्फोटनपछि भएको आगलागीमा परी कम्तीमा १७ जनाको मृत्यु भएको थियो ।

क्यामरुनका राष्ट्रपति पल बियाले देशले सबैभन्दा ठूलो फुटबल प्रतियोगिता आयोजना गरिरहेको भन्दै मानिसहरूलाई सतर्क रहन आग्रह गरे ।

क्यामरुनले सोमबार म्याच २–१ मा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।