६ भाद्र २०८३, शनिबार
,
Latest
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’ बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छः झलनाथ खनाल हाक्काहाक्की यो बजेट गरिबहरुको होइन भन्नेहरुले शासन गरिरहेका छन्, हामी भाग्दैनौँः सन्तोष परियार जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज तीन खेल



अ+ अ-

काठमाडौँ । युरो २०२४ अन्तर्गत आज शुक्रबार समूह चरणका तीन खेलहरु हुँदैछन् ।

पहिलो खेल स्लोभाकिया र युक्रेनबीच हुनेछ । यो खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा पराजय बेहोरेको युक्रेनका लागि आजको खेल महत्वपूर्ण रहेको छ । यता, पहिलो खेलमा जित निकालेको स्लोभाकिया लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गर्न चाहन्छ ।

यस्तै आज राति पोल्यान्ड र अष्ट्रियाबीच भिडन्त हुँदैछ । यो खेल राति ९ः४५ बजे सुरु हुनेछ । समूह डी मा रहेका दुबै टोली यसअघिका खेलमा पराजित भएका थिए । त्यसकारण दुबै टोलीलाई आजको खेलमा जित निकाल्नु निकै महत्वपूर्ण रहेको छ ।

यस्तै आज मध्यरातमा समूह डी कै दुई टोली फ्रान्स र नेदरल्यान्ड्स आमनेसामने हुँदैछन् । दुई टोलीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । दुबै टोलीले पहिलो खेलमा जित निकालेका थिए । आजको खेल जितेर दुबै टिम नकआउट चरणमा प्रवेश गर्न चाहन्छन् । यसअघि अष्ट्रियासँगको खेलमा घाइते भएका फ्रेन्च स्टार किलियन एमबाप्पे आजको खेलमा उपलब्ध हुने सम्भावना छ ।