२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टार्क बने विश्वकप इतिहासकै महान् बलर, मालिंगालाई पछि पार्दै विश्व कीर्तिमान बनाए



अ+ अ-

एजेन्सी । मिचेल स्टार्क विश्वकप इतिहासकै उत्कृष्ट बलर बनेका छन् । स्टार्क एकदिवसीय र टी–२० ढाँचामा संयुक्त रुपमा विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।

उनले श्रीलंकाका पूर्व फास्ट बलर लासिथ मालिंगालाई पछि पारे । मालिंगाले विश्वकप खेल्दा करियरमा ९४ विकेट लिएका थिए । अब उनलाई मिचेल स्टार्कले पछि पार्दै ९५ विकेट लिएका छन् ।

अष्ट्रेलियाका तेज बलरले २०२४ को टी–२० विश्वकपमा बंगलादेशविरुद्ध खेलेको खेलमा यो ऐतिहासिक अंक छोएका हुन् ।

टी–२० विश्वकप २०२४ को ४४ औं खेल अष्ट्रेलिया र बंगलादेशबीच भएको छ । यो सुपर–८ चरणको खेल थियो, जसमा स्टार्कले तान्जीद हसनलाई बोल्ड गर्दै आफ्नो करियरमा विश्वकपको ९५ औं विकेट लिए । खेलको पहिलो ओभरको तेस्रो बलमा स्टार्कले तान्जिदलाई बोल्ड गरेका थिए ।

स्टार्कले विश्वकपमा मालिंगाभन्दा कम इनिङ्समा सबैभन्दा बढी विकेट लिने कीर्तिमान बनाए । मालिंगाले विश्वकपको ५९ इनिङ्समा ९४ विकेट लिएका थिए भने स्टार्कले ५२ इनिङ्समा ९५ विकेट लिए । बंगलादेशका स्टार अलराउन्डर शकिब अल हसन यो सूचीमा तेस्रो स्थानमा छन् । शकिबले ७५ इनिङ्समा ९२ विकेट लिएका छन् ।

मिचेल स्टार्कले आफ्नो करियरमा हालसम्म १२१ एकदिवसीय र ६३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीयका १२१ इनिङ्समा २२.९६ को औसतमा २३६ विकेट लिएका छन्, जसमा उनको उत्कृष्ट अंक ६/२८ रहेको छ । यसबाहेक उनले टी–२० अन्तर्राष्ट्रियका ६३ इनिङ्समा २३.८८ को औसतमा ७६ विकेट लिएका छन्, जसमा उनको उत्कृष्ट अंक ४/२० रहेको छ ।