२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोही प्रजनन केन्द्रमा दुई सय तीन बच्चा कोरलिए



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा दुई सय तीनवटा बच्चा कोरलिएका छन् ।

राप्ती नदीबाट सङ्कलन गरिएका दुई सय ४७ अण्डाबाट एक सय ९८ र प्रजनन केन्द्रमा रहेका अण्डाबाट पाँच गरी दुई सय तीन गोहीका बच्चा कोरलिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार राप्ती नदी किनारमा आठ गुँडबाट सङ्कलन गरिएका दुई सय ४७ अण्डालाई प्रजनन केन्द्रमा ‘ह्याचिङ’ गरिएका थिए । आर्थिक वर्ष २०७९/८० मा दुई सय ५९ अण्डाबाट दुई सय २२ बच्चा कोरलिएका थिए । आर्थिक वर्ष २०७८/७९ मा पाँच सय ६३ अण्डाबाट चार सय ९६ बच्चा कोरलिएका थिए । प्रजनन केन्द्रमा भाले बूढो भएकाले चल्ला निस्कने क्रम कम भएका र गत वर्ष एउटामात्र बच्चा कोरलिएको थियो । अघिल्ला वर्षहरूमा पनि बच्चा कोरल्ने दर न्यून रहेको छ । प्रजनन केन्द्रमा सात सय ७३ गोही रहेका छन् भने तीमध्ये २० र ४६ वर्षका दुई भाले छन् ।

यसै आवमा गरिएको सर्भेमा राप्ती र नारायणी नदीमा दुई सय ६५ वटा गोही देखिएका थिए । तीमध्ये छवटा भाले रहेको तिवारीले जानकारी दिनुभयो । नदी किनारमा जोखिममा रहेका गुँडहरूबाट सङ्कलन गरिएका अण्डा ह्याचिङमा राखेर निस्किएका चल्ला हुर्काएर नदीमा छोडिँदै आएको छ । यस आवमा राप्ती नदीमा एक सय पाँचवटा गोही छाडिएको छ । प्रकृतिक बासस्थानमा बाँच्ने र हुर्कने दर कम भएको संरक्षित वन्यजन्तु घडियाल गोहीको संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ । विसं २०३५ मा स्थापना गरिएको प्रजनन केन्द्रबाट हालसम्म एक हजार नौ सय ५७ घडियाल गोही प्राकृतिक बासस्थानमा छोडिएका छन् ।

सूचना अधिकारी तिवारीले हालसम्म राप्तीमा एक हजार दुई सय दुई, नारायणीमा चार सय १९, बबईमा एक सय १०, सप्तकोशीमा एक सय १५, कालीगण्डकीमा ३५, कर्णालीमा ४१, बाँके राष्ट्रिय निकुञ्ज पश्चिम राप्ती नदीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर खोलामा २५ वटा गोही छोडिएका जानकारी दिनुभयो । नदीमा छोडिएका भन्दा कम सङ्ख्यामा गोही हुनुको कारण पानीको बहाबसँगै बगेर जाने र मर्नेलगायत विभिन्न कारण रहेका उहाँले बताउनुभयो । रासस