६ भाद्र २०८३, शनिबार
,
Latest
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’ बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छः झलनाथ खनाल हाक्काहाक्की यो बजेट गरिबहरुको होइन भन्नेहरुले शासन गरिरहेका छन्, हामी भाग्दैनौँः सन्तोष परियार जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी



अ+ अ-

काठमाडौँ । युरोकप २०२४अन्तर्गत पोर्चुगलले चेक रिपब्लिकमाथि जित निकालेको छ । जर्मनीको लाइपजिगमा मंगलबार राति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोलले पराजित गरेको हो ।

पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे । अर्को गोल पोर्चुगलले उपहार पाएको थियो। यता, चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गरेको गोल सान्त्वना गोल भयो ।

खेलको ६२औँ मिनेटमा लुकासको गोलमार्फत् शुरूआती अग्रता बनाएको चेक रिपब्लिकले अग्रता कायम राख्न सकेन । ६९औँ मिनेटमा रोबिन ह्रानाकले आत्मघाती गोल गरेपछि पोर्चुगल खेलमा १–१ को बराबरी अवस्थामा फर्किएको थियो ।

त्यसपछि अतिरिक्त समयको दोस्रो मिनेटमा फ्रान्सिस्कोले गोल गर्दै पोर्चुगललाई २–१ को जित दिलाएका हुन् ।

खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्न नसके पनि नयाँ कीर्तिमानी राखेका छन् । रोनाल्डो ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडी बनेका छन् ।

सन् २००४ मा पहिलोपटक युरोकप खेलेका रोनाल्डो त्यसपछि लगातार छैठौँपटक प्रतियोगिता खेलेका हुन् ।