• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन

उत्तर कोरियाली सैनिकले सीमा पार प्रयास गर्दा सियोलको चेतावनी गोली



सियोल ।उत्तर कोरियाका दर्जनौँ सैनिकहरूले मङ्लबार कडा किल्लाको सीमा पारको प्रयास गर्दा चेतावनी पुर्ण गोली चलाइए पछि पछाडी हटेको, सियोलले जनाएको छ । प्योङयाङले दक्षिणसँगको आफ्नो सीमालाई बलियो बनाएको दुई हप्तामा भएको यो दोस्रो घटना हो ।

सीमा नजिकैको विस्फोटले धेरै उत्तर कोरियाली सैनिकलाईसमेत घाइते बनाएको जोइन्ट चिफ अफ स्टाफले जनाउनु भयो । प्योङयाङले हालै दुई कोरियाबिचको सम्बन्ध खस्किएपछि झाडी सफा गर्न थता बारुती सुरुङहरु बिछ्याउन सेना तैनाथ गरेको थियो ।

दुई देशहरू प्राविधिक रूपमा युद्धमा रहदा १९५०–१९५३ को द्वन्द्व एक युद्धविराम पछि समाप्त भयो ।
तर उत्तर कोरियाले प्रायद्वीप विभाजनलाई बलियो बनाउन अघि बढिरहेको छ । थप बारुती सुरुङहरु बिछ्याउँदै, रणनीतिक सडकलाई सुदृढ पारी ट्याङ्क विरोधी अवरोधहरू जस्तो देखिने, सियोलको सेनाले भन्यो ।

मङ्गलबार पनि क्रसिङ जुन–९ मा अघिल्लो पटक भएको जस्तै–दुर्घटना भएको जनाउदै जेसीएसले करिब २० देखि ३० उत्तर कोरियाली सैनिकहरूले सैन्यै उपकरणहरू बोकेको उल्लेख गर्नु भयो ।
“दर्जनौँ उत्तर कोरियाली सैनिकहरूले सैन्य सीमाङ्कन रेखा पार गर्दै गर्दा चेतावनी गोली चलाइएपछि उत्तरतर्फ पछि हटेको एक जेसीएस अधिकारीले भने ।

सीमालाई सुदृढीकरण गर्ने जिम्मेवारी दिइएको उत्तर कोरियाली सैनिकको “बारम्बार बारूदी सूङग विस्फोटका घटनाहरूबाट धेरै हताहत भएता पनि उनीहरूले “लापरवाहीपूर्वक अपरेसनहरू अगाडि बढाउँदै गरेको अधिकारीले भने ।

“उत्तर कोरियाको गतिविधिहरू आन्तरिक नियन्त्रणलाई बलियो बनाउने उपाय जस्तो देखिने बताउदै जेसीएस अधिकारीले उत्तर कोरियाली सेना र उत्तर कोरियालीहरूलाई दक्षिणतर्फ जानबाट रोक्नु यसको उदाहरण भएको उल्लेख गर्नु भयो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका मङ्गलबार पछि प्योङयाङ भ्रमण गर्ने तयारी सियोलमा चिन्ताको विषय बनेको छ, जसले उत्तरले आफ्नो उपग्रह कार्यक्रममा सहयोगको बदलामा युक्रेनमा प्रयोगका लागि मस्कोलाई हतियार पठाएको आरोप लगाएको छ ।