१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदको रोष्टममै बजेट पुस्तिका च्यातेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटको पुस्तिका च्यातेका हुन् ।

‘म कम आक्रोश पोख्ने मान्छे हो, कहिलेकाहिँ रिस पनि उठ्छ । तर, जब यो भौतिक पूर्वाधार यातायात मन्त्रालयको बजेट पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म तातिएको छु । च्यातेर हुर्‍याउने मन छ ’, उनले भने ।

बजेट पुस्तिका च्यात्दै उनले भने,‘तर, संसदीय मर्यादाविपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने हो नहुर्‍याएर यहाँ राख्छु । यो मेरोमात्रै मनको कुरा होइन । अहिले कुनै नाप्ने चिज रहेछ भने यो हलमा बसेको जुनसुकै पार्टीको भएपनि चारवटा निर्वाचन क्षेत्रबाहेक सबैको मनको कुरा हो । यसरी सामान्य लाजघिन पनि नराखेर राज्य स्रोतमाथि मनपरी कतिदिनसम्म मान्छेले सहेर बस्छ ? सामान्य लाज पनि नराख्ने ?’