• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कृषि  उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु

देशमा अत्याचार बढेको छ: सांसद पाण्डे



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद विक्रम पाण्डेले देशमा अत्याचार बढेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल सुनको कचौरा लिएर भिख मागेर बस्नुपर्ने स्थिति आएको र यो स्थिति नेपालका राजनीतिक दलहरुले बनाएको बताउनु भयो । उहाँले सही काम गरेर ठूलो उद्योग चलाएर बस्नेहरु बेरुजुमा पर्ने र बाहिर बसेर व्यापार गर्नेहरुमा महालेखा परीक्षक अनुसन्धानका लागि जान नसक्ने स्थिति रहेको बताउनु भयो । उहाँले देशमा बसेर काम गर्छु भन्नेहरुलाई देशमा गरेर खाने वातावरण नरहेको बताउनु भयो । उहाँले देशमा सही र सत्य कुरा बिक्ने अवस्था नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सुनको कचौरा लिएर भिख मागेर बसेका छौँ । जसले सही काम गरेर ठूलो उद्योग चलाएर बसको छ, सबैजसो बेरुजुमा पर्दछन् । जसले त्यो भन्दा बाहिर बसेर बिजनेस गरेको छ । तपाईंहरुको बेरुजुले कहिले पनि भेट्न नसक्ने गरेर रुजुमा परिरहेका छन् । त्यो ठाउँमा तपाईंहरु छिर्न सक्नुहुन्छ ? अन्यायाको पनि पराकाष्ठा हुन्छ । अत्याचार भएको छ देशमा । जे सुकै होस् यो देशमा काम गर्छु भनेर बस्नेहरु यो देशमा काम गरेर खानसक्ने अवस्था छैन । जो एउटा सही तरिकाले राजनीति गर्छु भनेर हिँडेको छ, त्यसले राजनीति गर्नसक्ने अवस्था छैन । जसले सही तरिकाले काम गर्छु भनेर राष्ट्रसेवक कर्मचारी भएको छ, त्यो जागिर भोलि खुस्किन सक्छ । यहाँ सही र सत्य कुरा बिक्ने अवस्था छैन ।’

सांसद पाण्डेले देश राजनीतिक दलहरुले बिगारेको बताउनु भयो । उहाँले देशका सबै समस्याको समाधानका लागि देश बनाउन र बन्नको लागि अन्तिम परिवर्तनको आवश्यकता रहेको बताउनु भयो ।