१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति



अ+ अ-

काठमाडौँ । सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो ।

आयल निगममा लामो समयदेखि कार्यरत ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाविना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएको भन्दै ७ बुँदे माग राखेर हड्तालमा उत्रिएका थिए ।
समितिले १५ दिनमा अध्ययन प्रतिवेदन पेस गर्न समय तोकिएको छ ।

सरकार र ट्याङ्कर चालकबिच सहमति भएसँगै तेल आपूर्ति सुरु हुने निगमले जनाएको छ ।