• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ



एजेन्सी । बलिउड अभिनेता सलमान खानको घरमा गोली प्रहार गरेको घटनामा मुम्बई अपराध शाखाको टोलीले बून्दी जिल्लाको हिन्दौलीबाट एक आरोपीलाई पक्राउ गरेको छ । आरोपीलाई पक्राउ गरी मुम्बई लगिएको छ ।

हालै एक युट्युब च्यानलमा लरेन्स बिश्नोई गिरोहको चर्चा गर्दै उनले सलमान खानको हत्या गर्ने योजनाको उल्लेख गरेका थिए । आरोपीले आफ्नो युट्युब च्यानल ‘हे छोडो यार’ मा भिडियोमार्फत बिश्नोईको चर्चा गरेका थिए ।

म्बई पुलिसले पक्राउ गरेको व्यक्तिको नाम बनवारीलाल लातुरलाल गुर्जर रहेको एसपी हनुमान प्रसाद मीनाले बताए । अभियुक्त कुख्यात गुण्डा नाइके लरेन्स बिश्नोई गिरोहबाट प्रभावित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस मामिलामा बनवारीलाल कतिसम्म संलग्न छन् भन्ने खुलाइएको छैन । सलमान खानको धम्की प्रकरणको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चले पनि उनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि मुम्बई प्रहरीले देशभर अनुसन्धान गरिरहेको छ । अप्रिल १४, २०२४ मा पनि सलमान खानमाथि घातक हमला गर्ने प्रयास गरिएको थियो। अभिनेताको मुम्बईस्थित घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएर दुई जना बाईकमा भागेका थिए।

प्रहरीले गोली चलाउने दुवैलाई भोलिपल्टै गुजरातबाट पक्राउ गरेको थियो । पछि प्रहरीले यस मुद्दामा अर्का अभियुक्त अनुज थापालाई पनि पक्राउ गरेको थियो । तर केही दिनपछि उनले जेलमै आत्महत्या गरेका थिए । प्रहरीले यस विषयमा अझै अनुसन्धान गरिरहेको छ ।