२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना प्रविधि दशकअघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने: मन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटमा मन्त्री शर्माले भारतमा भर्खरै गठन भएको नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधिको विकासका लागि दुई देशबीच उच्चस्तरको सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि सुरु हुने गरी सूचना प्रविधि दशक प्रस्ताव गरेको जानकारी दिँदै मन्त्री शर्माले यसलाई प्रभावकारी रुपमा अघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । सूचना प्रविधि दशकलाई अघि बढाउन हरेक वर्ष गरिने कार्य र कार्य क्षेत्रसहितको गुरुयोजना बनाउन थालिएको जानकारी दिँदै मन्त्री शर्माले छोटो समयमा सूचना प्रविधिको क्षेत्रमा प्रगति गरेको भारतको अभ्यास र अनुभवबाट आफूहरुले सिक्न चाहेको बताउनुभयो ।

उहाँले सूचना प्रविधि दशकको पहिलो वर्ष नीति र पूर्वाधार निर्माणको वर्ष हुने भएकाले यसमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । “नेपालमा अहिलेसम्म आर्थिक समृद्धिका आधारको रुपमा कृषि, पर्यटन, ऊर्जा र औद्योगिकको रुपमा लिँदै आएका थियौँ”, उहाँले भन्नुभयो, “अब यी चार क्षेत्रसँगै सूचना प्रविधि क्षेत्रलाई पनि आर्थिक रुपान्तरणको नयाँ आधारको रुपमा थप गरिएको छ, यो हाम्रा लागि महत्वपूर्ण नीतिगत परिवर्तन हो ।”

शिक्षा र स्वास्थ्य सेवालाई डिजिटलाइसेन गरेर ग्रामीण क्षेत्रमा टेलिमेडिसिन र इलर्निङ प्लेटफर्मको विकास गर्न सकियो भने सेवा प्रवाहलाई गति दिन सकिने उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि डिजिटल पूर्वाधारको विकासमा जोड दिइएको बताउनुभयो ।

उहाँले पछिल्लो समय राष्ट्रिय साइबर सुरक्षा स्थापना गर्नेदेखि एकीकृत सरकारी डाटा सुरक्षा केन्द्र व्यवस्थित गर्दै लैजाने कार्य अघि बढाएको जानकारी दिँदै यसका लागि जनशक्तिलाई थप प्रशिक्षित गर्ने सवालमा भारतले सहयोग गर्नसक्ने बताउनुभयो । सो अवसरमा राजदूत श्रीवास्तवले भारतले डिजिटल सार्वजनिक पूर्वाधार निर्माणको क्षेत्रमा राम्रो प्रगति गरेको उल्लेख गर्दै नेपालको सूचना प्रविधिको विकासमा पनि सहयोग र साझेदारी गर्न तयार रहेको बताउनुभयो । नेपालको सूचना क्षेत्रको विकासका लागि भारतले तीन क्षेत्रमा सहयोग गर्न सक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी अनुभव आदानप्रदान र तालिम प्रशिक्षण, डिजिटल सार्वजनिक पूर्वाधार निर्माणमा सहयोग र सूचना प्रविधिमा स्टार्टप सञ्चालन गरिरहेको भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि जोड्न सक्छौँ ।”

नेपालका अधिकारीहरु बैङ्लोर दिल्लीलगायतका क्षेत्रमा गएर भारतले सूचना प्रविधिका क्षेत्रमा गरेको विकासबाट सिक्न सक्ने उल्लेख गर्दै उहाँले यसमा सहजीकरण गर्न आफूहरु तयार रहेको बताउनुभयो । गत वर्ष भएको मन्त्री शर्माको भारत भ्रमणका बेलामा आफूहरुले गरेको प्रतिबद्धताअनुसार भारतमा बस्ने नेपालीहरुका लागि मोबाइल सिम वितरण सहज गराइएको जानकारी दिँदै राजदूत श्रीवास्तवले व्याण्डविथलगायतका क्षेत्रमा बेलाबेलामा देखिने समस्या पनि समाधान गरेर जानुपर्ने बताउनुभयो । भेटमा मन्त्री शर्माले भारतीय ऋण सहयोगमा निर्माणाधीन विकास आयोजनालाई प्रभावकारी रुपमा अघि बढाउन पनि भारत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता थियो ।