२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरका मेयर महर्जनको प्रशंसा नगरी बस्न सक्दिन: राप्रपा सांसद कार्की



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रशंशा गर्नुभएको छ ।

उहाँले सो महानगरपालिकाका मेयर महर्जन र उपमेयर मञ्जली शाक्य बज्राचार्यले मिलेर धेरै राम्रो काम गरेको भन्दै प्रशंशा गर्नुभएको हो ।

सांसद कार्कीले महर्जन काँग्रेसबाट निर्वाचित मेयर र शाक्य एमालेबाट निर्वाचित उपमेयर भएपनि उहाँहरुले मिलेर धेरै राम्रो काम गरेको देख्दा आफूले प्रशंशा नगर्दा अन्याय हुने प्रतिक्रिया पनि दिनुभयो । उहाँले मेयर महर्जन र उपमेयर शाक्यले खानेपानीको मुहानको खोजी गरेर ललितपुरमा खानेपानीको अभाव हुन नदिने कामलाई पनि योजनावद्ध ढंगले अघि बढाएको बताउनु भयो । सांसद कार्कीले वागमती नदी खुला ढलको रुपमा परिणत भएको उल्लेख गर्दै त्यसको सफाईमा विशेष ध्यान दिन पनि सरकारलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो ललितपुर जिल्लाका मेयरको कुरा गर्दा हुनत उहाँ काँग्रेसको मेयर हो चिरिबाबु महर्जन । र उहाँको उपमेयर पनि तपाईकै पार्टीको छ । उहाँहरु दुईटाको कम्बिनेशलले यति राम्रो काम गरेको छ कि म प्रशंशा नगरी रहन सक्दिन । यदिमैले यहाँ उभिएर चिरिबाबु महर्जनको र उपमेयरको प्रशंशा गरिन भने उहाँहरुप्रति अन्याय हुन्छ । हामीले विरोध पनि गर्न सक्नुपर्छ, प्रशंशा पनि गर्न सक्नु पर्छ । उहाँहरुले धेरै राम्रो काम गर्नु भएको छ । जुन वनसँग पनि सम्बन्धित छ । त्यहाँ उहाँहरुले मुहानहरुको खोजी गर्नु भएको छ । गोदावरी नगरपालिकामा ५/६ वटा मुहान छ । त्यहाँ डिपिआर भईसकेको छ । त्यसपछि दक्षिणकालीमा पनि ३/४ वटा मुहान छ । दक्षिणकालीको सिस्नेरी खानेपानी मुहानमा डिपिआर भएको छ । यो सबैभन्दा ठूलो कुरा हो । यसमा उपत्यका खानेपानीले लगानी गरिराखेको छ । ’

सांसद कार्कीले ओर्खु–बालकुमारी ललितपुरले ढंल प्रशोधनको काम शुरु गरेपनि ठेकदारले पैसा खाएर भागेको भन्दै उनीमाथि कारबाही गर्न पनि सरकारसँग माग गर्नुभयो ।