७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

कोरोनाका कारण धकेलियो सदरमुकाम झार्ने खानेपानी

कोरोनाका कारण धकेलियो सदरमुकाम झार्ने खानेपानी
अ+ अ-

इलाम । कोरोनाका कारण श्रमिक र निर्माणका सामग्री उपलब्ध नहुँदा इलाममा सञ्चालित ‘इलाम बजार तेस्रो साना शहरी खानेपानी आयोजना’ छ महिनापछि धकेलिएको छ । इलाम नगरवासीमा खानेपानीको सहज पहुँचमा पुर्याउन नगरले दुई वर्षअघि साझेदारी कार्यक्रमअन्तर्गत खानेपानीको आयोजना शुरु गरेको थियो । यही चैतभित्र खानेपानी झार्ने योजना बनाएपछि सम्भव नहुने देखिएको छ । हालसम्म खानेपानीको ७० प्रतिशत काम मात्र भएको छ । पाइप लाइन विस्तार गर्ने काम सकिएको छ भने ट्याङ्की बनाउने काम भइरहेको छ तर निर्धारित मितिमा सक्न योजनाबद्धरूपमा काम भइरहेको आयोजना समितिका अध्यक्ष केदार थापाले जानकारी दिनुभयो । 

आयोजनामा कार्यरत अधिकांश श्रमिक तराई मूलका छन् । कोरोनाले बन्दाबन्दीका समयमा घर फर्काएको तर समयमा आउन नसक्दा निर्धारित समयमा काम नसकिने भएको हो । दुई वर्षभित्र काम सकिने गरी सम्झौता गरिएको थियो । बयालिस किमी टाढा सन्दकपुर गाउँपालिकाबाट पानी ल्याउन लागिएको हो । हालसम्म पाइप बिछ्याउने काम भने ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । निर्माणका लागि इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजनाको रमण कन्स्ट्रक्सन कम्पनीले रु ५७ करोड ९५ लाख सात हजारमा ठेक्का लिएको छ ।

खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषबाट रु १४ करोड ४८ लाख ७६ हजार ७५० ऋण लिएको छ । बीस वर्षमा साँवा र ब्याज भुक्तानी गर्नेगरी पाँच प्रतिशत ब्याजदरमा कोषबाट ऋण लिइएको हो । त्यस्तै उपभोक्ताबाट लागत सहभागिताको पाँच प्रतिशत रु दुई करोड ८९ लाख ७५ हजार ३५० मार्फत आयोजना सञ्चालन गर्न लागिएको हो । आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि एशियाली विकास बैंक (एडिबी) ले ७० प्रतिशत अनुदान उपलब्ध गराउने जनाएको थियो । गत ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौता गरिएको थियो । सम्पन्न भएको एक वर्ष आयोजनाले नै मर्मतसम्भार गर्ने जनाएको छ । एडिबीको आर्थिक सहयोगमा इलाममा अहिलेसम्मकै ठूलो खानेपानी आयोजना सञ्चालन हुन लागेको हो ।

खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याउने तयारी छ । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेण्ड ४१ लिटर पानी आउने छ । साना शहरी आयोजनाले हेरेको र अहिले पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो । साना शहरीले सदरमुकामबाट करिब ३२ किलोमिटरको सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति डिजाइन तयार भएको छ । नगरमा अहिले आइरहेको खानेपानीकै दुईवटा मूल प्रयोग गरिने छ भने थप तीन वटा नयाँ प्रयोग गरिने छ ।

पुरानो आयोजनाबाट पानी पर्याप्त नभएपछि नगरले नयाँ आयोजना शुरु गरेको हो । नगरभित्र २४ घण्टै खानेपानी झार्न यो आयोजना निर्माण थालिएको हो । हाल नगरमा प्रतिदिन एकदेखि दुई घण्टा मात्रै पानी आउने गरेको छ । आयोजनाको शुरुको वर्ष दुई हजार ७९८ घरधुरीका २१ हजार ४३३ उपभोक्तालाई दिनको १०० लिटरको दरले खानेपानी पुग्ने अनुमान आयोजनाको छ । बीस वर्षपछि यही आयोजनाको खानेपानी उपभोग गर्ने उपभोक्ताको सङ्ख्या ३० हजार ३२५ पुग्ने अनुमान छ । नगरवासीलाई खानेपानीको सहज पहुँज पुर्याउन यो आयोजना ल्याइएको हो ।

नगरमा केही वर्ष पहिले पनि सन्दकपुरबाटै खानेपानी ल्याइएको छ तर त्यो पानीले पर्याप्त नभएपछि नयाँ आयोजना थप गरिएको हो । आयोजनाका अनुसार पानी नगरमा पाँच वितरण केन्द्रमार्फत वितरण गरिने छ । अध्यक्ष थापाका अनुसार इलाम सदरमुकामस्थित गुम्बा डाँडा, भ्युटावर, गोलाखर्क, महेन्द्र रत्न बहुमुखी क्याम्पस र पुरानो आदर्श खसी बजारबाट वितरण गरिने छ । वितरणका लागि गुम्बा डाँडा र महेन्द्र रत्न क्याम्पसमा ५०/५० हजार लिटर र अन्य तीनवटा ट्याङ्की एक लाख ५० हजार लिटरका रहने जनाइएको छ । आयोजनाको लागि पानी परीक्षणस्थलको काम पनि तीव्ररूपमा भइरहेको छ । पाइप बिछ्याउने र ट्याङ्की निर्माण सकिएपछि निर्माण सम्पन्न हुने जनाइएको छ । यता नगरले नै खानेपानीको सहज पहुँच पुर्याउन वडा नं ११ स्थित सोयाकमा ‘डिप बोरिङ’मार्फत जमिन खनेर पानी ल्याउन थालेको छ । 

जमिनमुनि करिब १२३ मिटर खनेर खानेपानी आपूर्ति गर्न थालिएको हो । नगर क्षेत्रमा खानेपानीको अभाव भएकाले विभिन्न माध्यमबाट पानी ल्याउनु पर्ने बाध्यता छ । नगरले खानेपानीकै लागि मोटो रकम खर्चेको छ । अन्य क्षेत्रबाट पानी ल्याउन नसकिने अवस्थामा नगरले यो माध्यमबाट ल्याएको हो । यसका लागि नगरले रु दुई करोड ४७ लाख ८० हजार खर्च गरेको छ ।