१२ आश्विन २०८१, शनिबार
,
Latest
नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै पहिरोमा पुरिएर आमाछोरीको मृत्यु अविरल वर्षा :बाढीपहिरोमा परी छ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ उत्तीर्ण



अ+ अ-

काठमाडौँ: न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षाको नजिता सार्वजनिक गरेको छ । आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जना जिल्ला न्यायाधीशको कोटामा आठ जना लिखित परीक्षामा उत्तीर्ण हुनुभएको छ ।

लोकसेवा आयोगले २०८१ वैशाख २७ देखि ३० गतेसम्म सञ्चालन गरेको जिल्ला न्यायाधीशको परीक्षामा दुई सय तीन जनाले परीक्षा दिएका थिए । तीमध्ये आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जनाको कोटामा जम्मा आठ जना मात्र लिखित परीक्षामा उत्तीर्ण हुनुभएको हो ।

खुलातर्फ कमलकान्त जोशी, चन्द्रमणि चापागाईं र वसन्तराज जोशी उत्तीर्ण हुनुभएको छ भने आन्तरिक खुलामा अन्जनराज सापकोटा, तिलक कार्की, नारायण सापकोटा र मणिराम ज्ञवाली गरी चार जना हुनुहुन्छ । आदिवासी जनजाति तथा खुलामा नीतिज राई उत्तीर्ण हुनुभएको छ ।

न्याय सेवा आयोगको आज बसेको बैठकले जिल्ला न्यायाधीशको नजिता सार्वजनिक गर्दै उत्तीर्णलाई आगामी असार ६ र ७ गते अन्तर्वार्ताका लागि मिति तोकेको छ । आयोगले आन्तरिक खुलामा २१, खुलामा १२, महिला चार, आदिवासी जनजाति दुई, मधेसी दुई, दलित एक र अपाङ्ग एक गरी ४३ जनाको विज्ञापन गरेको थियो ।रासस