२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–दाहाल समुहको स्थायी समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समुहको आज पनि स्थायी समितिको बैठक बस्दैछ । मध्यान्न पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा आईतबार बसेको स्थायी समितिको बैठकमा पेश गरिएको बिभिन्न पाँचओटा प्रस्ताबमा छलफल हुने जनाईएको छ । 

एक अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारमा लागि भारत गएका कारण अर्का अध्यक्ष माधबकुमार नेपालको अध्यक्षतामा बस्ने बैठकमा सांगठनिक विषय, नेताहरुको कार्यविभाजन लगायतका विषय टुंगो लगाउन अध्यक्ष माधब नेपालको संयोजकत्वमा गठित  कार्यदलको अनुमोदन गर्नुका साथै प्रतिनिधिसभा विघटनविरुद्ध तयार पारिएको संघर्षका कार्यक्रम का बारेमा पनि समिक्षा हुने जनाईएको छ । 

यसै गरी प्रदेश , जिल्ला र जनबर्गिय संगठन तथा मोर्चा को एकताको काम अघि बढाउने तथा सरकारले गरेका गलतकामको बारेमा जनतालाई बुझाउने लगायत बिषयमा पनि छलफल हुने छ ।