२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० राउन्ड गोली र पेस्तोलसहित विमानस्थलबाट आमाछोरा पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ एमएमको पेस्तोलको ५० राउन्ड गोली र पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ । 

सोमबार काठमाडौंबाट श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै गरेका झापा मेचीनगर-२ का उनीहरु नाताले आमाछोरा रहेको जनाएको छ ।  मध्याह्न १२ः३५ को उडानमा भद्रपुर जान लागेका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।

चेकजाँचका क्रममा स्क्रिनमा शंकास्पद वस्तु रहेको देखिएदा थप अनुन्धान र खानतलासी गर्दा ५० राउन्ड गोलीसहित पेस्तोल बरामद भएको थियो। 

अहिले उनीहरुलाई महानगरीय प्रहरी वृत्त गौशालामा पठाएको बाँस्तोलाले जानकारी दिए।