२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम बदली भएसंगै काठमाडौंमा जे देखियो(फोटो फिचर)



अ+ अ-

काठमाडौं । आज (सोमबार) देशका धेरैजसो स्थानमा मौसम बदलि भएको छ । 

पश्चिमी वायुमा विकसित भएको निम्नचापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो भूभागहरुमा मौसम बदलि भएको छ । हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार आज देशभर सामान्य बदलि रहने र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने छ । 

 

यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू–भागहरुका केही स्थान तथा लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले बताएको छ । आज राति पनि देशभर बदलि रही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपात हुने र अन्य स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै मंगलबार र बुधबार पनि आजको जस्तै मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

काठमाडौं उपत्यकामा पनि घाम लागेको छैन् । विहान हल्का पानी परेको थियो । काठमाडौं उपत्यकालाई पूर्ण रुपमा बादलले ढाकेकोले खासै चिसो महसुस भने भएको छैन् ।