७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

स्थानीय सरकारलाई पहिलो प्राथमिकता दिएर राष्ट्रिय नीति बनाउन सरोकारवालाहरुले सुझाव

स्थानीय सरकारलाई पहिलो प्राथमिकता दिएर राष्ट्रिय नीति बनाउन सरोकारवालाहरुले सुझाव
अ+ अ-

काठमाडौं । नविकरणीय उर्जाको प्रयोग र प्रवद्र्धनमा स्थानीय सरकारलाई पहिलो प्राथमिकता दिएर राष्ट्रिय नीति बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । 

नेपाल बायोग्यास प्रवद्र्धन संघको रजत वर्षको अवसरमा आयोजित कार्यक्रम एवं २५ औं वार्षिक साधारणसभामा बोल्दै सरोकारवालाहरुले नविकणीय उर्जा कार्यान्वयनका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताएका हुन् । नेपालको संविधानले नविकरणीय उर्जालाई स्थानीय सरकारको मातहतमा राखेपनि अधिकांश कार्यक्रमहरु संघीय सरकारले गर्न खोज्दा सरकारबीच क्षेत्राधिकारको अत्योलता उत्पन्न भएको छ । त्यसैले पनि स्थानीय सरकारलाई नविकरणीय उर्जा विकासका कार्यक्रम कार्यान्वयन गर्न नीतिगत रुपमा सहयोग गर्नुपर्नेमा सरकोकारवालाहरुले जोड दिएका हुन् । कार्यक्रममा पूर्वमन्त्री गणेश साहले निवकरणीय उर्जाको कार्यान्वयनका लागि स्थानीय तहलाई उपयुक्त नीति निर्माण गर्न केन्द्रीय सरकारबाट सहयोग हुनुपर्ने बताउनुभयो । नेपालमा कोभिड–१९ पछि व्यवसायीक पशुपालन बढेकोले बायोग्यासको सम्भावना रहेको उल्लेख गर्दै सरकारले उपयुक्त नीति निर्माण गर्नुपर्ने बताउनुभएको हो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले योजना आयोगले २ लाख स्थानीय र ५ सय ठूला कमर्सियल स्तरका बायोग्यास स्थापना गर्ने लक्ष्य अगाडि सारेको बताउनुभयो । अहिलेसम्म नेपालको अर्थतन्त्रमा बायोग्यासको योगदान करिब २ खर्ब बराबरको रहेको उल्लेख गर्दै सदस्य ओलीले निजी क्षेत्रबाट नविकरणीय उर्जा विकासमा अहिले सम्म अपेक्षा गरिएभन्दा धेरै योगदान भएको बताउनुभयो ।

हालसम्म नेपालका करिब ४ लाख ५० हजारको हाराहारीमा घरेलु बायोग्यास प्लाण्टहरु जडान भइसकेको तथ्याङ्क संघसँग रहेको छ । जसबाट घरमा बायोग्यास चुलो बल्ने मात्र नभई कार्वन व्यापारबाट झण्डै १ खर्ब बढी राजश्व आर्जन गर्न सफल भएको पनि संघले बताएको छ ।