२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत टी–२० विश्वकपको सुपर ८ मा प्रवेश, १११ रनको लक्ष्य १८.२ ओभरमा पछ्यायो



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपको २५ औं खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको छ । यो जितसँगै भारत विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ । टोलीले पाकिस्तानलाई ६ रनले र आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको थियो ।

नासाउ काउन्टी क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा भारतीय टोलीले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो । जवाफमा भारतीय टोलीले १८.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

सूर्यकुमार यादवले ४९ बलमा अविजित ५० रन बनाए भने शिवम दुबेले ३५ बलमा ३१ रनको अविजित इनिङ खेले । यी दुईबीच चौथो विकेटका लागि ६५ बलमा ६७ रनको साझेदारी भयो ।

ऋषभ पन्त १८ रन बनाएर आउट भए । कप्तान रोहित शर्माले ३ रन बनाए भने विराट कोहलीले खाता खोल्न सकेनन् । अमेरिकाका सौरभ नेत्रवलकरले २ तथा अली खानले एक विकेट लिए ।

अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए भने स्टिभन टेलरले २४ रनको योगदान दिए । भारतका अर्शदीप सिंहले ४ विकेट लिए । हार्दिक पाण्ड्याले २ सफलता हात पारे । अक्षर पटेलले एक विकेट लिए । एक ब्याट्सम्यान रनआउट भए ।