६ भाद्र २०८३, शनिबार
,
Latest
बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत टी–२० विश्वकपको सुपर ८ मा प्रवेश, १११ रनको लक्ष्य १८.२ ओभरमा पछ्यायो



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपको २५ औं खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको छ । यो जितसँगै भारत विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ । टोलीले पाकिस्तानलाई ६ रनले र आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको थियो ।

नासाउ काउन्टी क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा भारतीय टोलीले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो । जवाफमा भारतीय टोलीले १८.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

सूर्यकुमार यादवले ४९ बलमा अविजित ५० रन बनाए भने शिवम दुबेले ३५ बलमा ३१ रनको अविजित इनिङ खेले । यी दुईबीच चौथो विकेटका लागि ६५ बलमा ६७ रनको साझेदारी भयो ।

ऋषभ पन्त १८ रन बनाएर आउट भए । कप्तान रोहित शर्माले ३ रन बनाए भने विराट कोहलीले खाता खोल्न सकेनन् । अमेरिकाका सौरभ नेत्रवलकरले २ तथा अली खानले एक विकेट लिए ।

अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए भने स्टिभन टेलरले २४ रनको योगदान दिए । भारतका अर्शदीप सिंहले ४ विकेट लिए । हार्दिक पाण्ड्याले २ सफलता हात पारे । अक्षर पटेलले एक विकेट लिए । एक ब्याट्सम्यान रनआउट भए ।