• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन ★   पशुपति क्षेत्र विकास कोष कार्यकारी निर्देशकमा जोशी ★   प्रभु बैँक लि.र होटल हिमालय बिच विशेष छुट सम्झौता ★   कांग्रेस पदाधिकारी बैठक जारी

सरकारको सय दिनबारे एमाले: नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन



काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले आफ्नो काममा गति बढाउनुपर्ने बताउनुभएको छ ।

उहाँले नागरिकको अपेक्षा सम्बोधन हुनेगरी सरकारले आफ्नो काममा गति बढाउनुपर्ने बताउनुभएको हो । बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सरकारको सय दिनको कसरी मुल्यांकन गर्नु भएको छ ? भनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै प्रमुख सचेतक बर्तौलाले सरकारको सय दिनमा नकारात्मक टिप्पणी गर्ने ठाउँ नभएको बताउनु भयो ।

नागरिकमा विद्यमान समस्या समाधान गर्ने सामथ्र्यका साथ सरकारले काम गर्नुपर्ने उहाँको भनाई थियो । प्रमुख सचेतक बर्तौलाले सरकारप्रति नागरिकको ठूलो अपेक्षा भएकाले पनि त्यसलाई सम्बोधन हुने गरी काम गर्नुपर्ने बताउनु भयो । सरकारले नागरिकको विश्वास जित्न सफल भएको दाबी गर्दै उहाँले सिमित स्रोत, साधनको बीचमा पनि सरकारले अधिकतम डेलिभरी दिन सकेको पनि बताउनु भयो ।

प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘सय दिनमा सरकारले नराम्रो गरेन । सय दिनको अंक दिँदाखेरी अनुत्तिर्ण भएको अवस्था छैन । डिस्टिंग्शन दिइहाल्नुपर्ने अवस्था पनि रहेन । त्यो पथमा सरकार पुगेको छ । नागरिकको विश्वास जितेको छ । अर्थतन्त्रलाई बिग्रदो गतिबाट ट्रयाकमा ल्याउने ठाउँमा पुर्‍याएको छ । शान्ति सुरक्षालाई कायम पथमा सरकार अघि बढिरहेको छ । सरकारको तर्फबाट जेस्रोत, साधन छ, यसको सिमितताको बीचबाट पनि अधिकतम डेलिभरीहरु गर्न खोजेको देखिन्छ । तर अब सरकारले आफ्नो गति बढाउनु पर्छ । अब गेयर बदल्नुपर्छ । न्युट्रलमा थियो, अब १/२ हुँदै अगाडि बढाउनुपर्छ । अहिलेको गतिले अब पुग्दैन । नागरिकमा ठूलो अपेक्षा छ । युवाहरुको ठूलो संख्या बेरोजगार छन् । कृषिमा समस्याहरु छन् । यी देखिएका समस्या समाधान गर्ने सामथ्र्यका साथ सरकारले काम गर्नुपर्छ । अहिलेसम्मको सय दिनको मूल्यांकन गर्दाखेरी नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन ।’

प्रमुख सचेतक बर्तौलाले सरकारले आफ्नो सय दिनमा मुलुकको बिग्र्र्र्र्र्र्रँदो अर्थतन्त्रलाई ट्रयाकमा ल्याएको र नागरिकको विश्वास जित्न सफल भएको जिकिर पनि गर्नुभयो ।