४ भाद्र २०८३, बिहीबार
,
Latest
राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका भर्सेस भारतः आज पूरा पाकिस्तान भारतको समर्थन गर्न बाध्य



अ+ अ-

एजेन्सी । टि–२० विश्वकप क्रिकेटमा मंगलबार पाकिस्तानले क्यानडालाई ८ विकेटले पराजित गर्यो । यो जितसँगै पाकिस्तानले सुपर–८ मा पुग्ने आशा कायमै राखेको छ ।

समूह ‘ए’ मा आज भारत र अमेरिकाबीच खेल हुँदैछ (राति ८ः१५ बजे) । यसमा पाकिस्तानले भारतलाई समर्थन गर्नेछ, किनकि अमेरिकाले हार्यो भने मात्र पाकिस्तानको क्वालिफाइ गर्ने सम्भावना रहन्छ ।

सन् २०२२ को उपविजेता टोली पाकिस्तानले अमेरिका र भारतसँग हारेको थियो, त्यसैले क्यानडाविरुद्ध जित्नु निकै महत्वपूर्ण थियो । पाकिस्तानको अन्तिम खेल १६ जुनमा आयरल्याण्डसँग हुनेछ । यो जितसँगै टोलीले ४ अंक बटुल्ने र अर्को चरणमा पुग्ने आशालाई पनि जीवित राख्नेछ ।

पाकिस्तानले किन भारतलाई समर्थन गर्नेछ ?
आज न्यूयोर्कमा भारत र अमेरिकाबीच खेल हुँदैछ । दुवै टोलीको ४–४ अंक छ र जुन टोलीले जित्छ सुपर ८ मा पुग्ने छ । साथै, हार्ने टोलीले अर्को चरणमा पुग्न अन्तिम खेल जित्नुपर्नेछ, जसमा असफल भएमा पाकिस्तान छनोट हुनेछ ।

यदि भारतले आज जित्यो भने टोलीको अन्तिम खेल क्यानडासँग हुनेछ, जसमा भारतको जित्ने सम्भावना बढी छ । योसँगै अमेरिकाले हार्यो भने टोलीको अन्तिम खेल आयरल्याण्डसँग हुनेछ । आयरल्यान्डले टी–२० विश्वकपमा इङ्ल्यान्ड र वेस्ट इन्डिजजस्ता टोलीलाई हराएको छ, त्यसैले यो खेलमा अमेरिकाको जित निश्चित मान्न सकिँदैन ।

यदि अमेरिकाले दुवै खेल हारे र उसको हारको अन्तर १० रनभन्दा बढी भयो भने पाकिस्तान अन्तिम २ खेल जितेर मात्र सुपर–८ मा पुग्ने छ । तर, पाकिस्तानका लागि ठूलो समस्या यो हो कि उसको अन्तिम खेल फ्लोरिडामा छ, जहाँ यो हप्ता वर्षाको सम्भावना छ। खेल वर्षाले रद्द भएमा पाकिस्तान समूह चरणबाटै बाहिरिने छ ।