• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा ★   विदेशी पोसाकमा देखिए ‘फुलेराका गाउँलेहरू’ ★   जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोवोटको निर्माण ★   ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ ★   महामन्त्रीले दिएको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्छौं: सांसद खनाल

३४ बलमा खेल सकियो, कीर्तिमानहरु ध्वस्त



एजेन्सी । टी–२० विश्वकप २०२४ को बुधबार भएको २४ औं खेलमा अस्ट्रेलियाले नामिबियालाई ठूलो अन्तरले पराजित गरेको छ ।

एन्टिगुवाको सर भिभियन रिचर्ड्स स्टेडियममा भएको खेलमा नामिबियाले पहिले ब्याटिङ गर्दै १७ ओभरमा ७२ रनमा अलआउट भएको थियो ।

जवाफमा अस्ट्रेलियाले ३४ बलमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । जारी प्रतियोगितामा अस्ट्रेलियाको यो लगातार तेस्रो जित हो र टोली सुपर ८ मा प्रवेश गरेको छ । अहिलेसम्म अष्ट्रेलिया बाहेक दक्षिण अफ्रिकाले मात्र सुपर ८ मा स्थान बनाउन सकेको छ ।

अस्ट्रेलिया र नामिबियाबीचको खेल कीर्तिमानको दृष्टिकोणले अविस्मरणीय बनेको छ । काङ्गारु टोलीले मात्र ३४ बलमा खेल सकाएर कीर्तिमान बनाएको थियो ।

अष्ट्रेलियाका लेग स्पिनर एडम जाम्पाको प्रदर्शन सुपरहिट भयो । खेलमा बनेका कीर्तिमानलाई हेरौँ ।

–अष्ट्रेलियाले पावरप्ले भित्रै लक्ष्य पुरा गर्यो । पावरप्ले भित्र लक्ष्य पूरा गर्दै खेल समाप्त गर्ने दोस्रो आईसीसी पूर्ण सदस्य टोली बनेको छ । यसअघि सन् २०१४ मा श्रीलंकाले पावरप्लेमा लक्ष्य पूरा गर्दै नेदरल्यान्ड्सलाई हराएको थियो ।

–अष्ट्रेलियाले टी–२० विश्वकपको इतिहासमा बल बचत गरेको आधारमा दोस्रो ठूलो जित दर्ता गरेको छ । सबैभन्दा धेरै बल बाँकी राखेर जित्ने कीर्तिमान श्रीलंकाको नाममा छ, जसले सन् २०१४ मा नेदरल्यान्ड्सविरुद्धको खेल ९० बल बाँकी रहँदा जितेको थियो ।

–एडम जाम्पाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १०० विकेट पूरा गरेका छन् । जाम्पा टी–२० मा १०० विकेट लिने पहिलो अस्ट्रेलियाली बलर बनेका छन् । उनी टी–२० मा १०० विकेट लिने विश्वका १५ औं बलर र ६ लेग स्पिनरमध्ये एक बने ।

–एडम जाम्पा टी–२० विश्वकपमा सर्वाधिक विकेट लिने अष्ट्रेलियाका बलर बनेका छन् । जाम्पाले टी–२० विश्वकपमा अहिलेसम्म ३१ विकेट लिएका छन् । उनले मिचेल स्टार्क (२९) लाई पछि पारे ।

–एडम जाम्पा पाँचौं पटक टी–२० विश्वकपमा प्लेयर अफ द म्याचको उपाधि जितेर विशेष क्लबमा प्रवेश गरेका छन् । जाम्पा अहिले महेला जयवर्धने, क्रिस गेल र शेन वाटसनसँग संयुक्त रुपमा दोस्रो स्थानमा छन् । टी–२० विश्वकपमा सबैभन्दा धेरै प्लेयर अफ द म्याचको अवार्ड जित्ने कीर्तिमान विराट कोहलीको नाममा छ (७ पटक) ।

–नामिबियाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो सबैभन्दा कम स्कोर बनाएको छ । यसअघि सन् २०२१ को टी–२० विश्वकपमा श्रीलंकाविरुद्ध उसको सबैभन्दा कम स्कोर ९६ रन थियो ।

–अष्ट्रेलियाविरुद्ध सबैभन्दा कम स्कोरमा अलआउट हुने टिम नामिबिया बनेको छ । यसअघि २०२१ को टी–२० विश्वकपमा अष्ट्रेलियाले बंगलादेशलाई ७३ रनमा अलआउट गरेको थियो ।

–नामिबियाका कप्तान जेर्हार्ड इरास्मसको नाममा लज्जास्पद कीर्तिमान दर्ता भएको छ । १७ बलपछि इरास्मसले खाता खोले । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी बलमा खाता खोल्ने कीर्तिमान इरास्मसको नाममा दर्ता भएको छ । यसअघि यो कीर्तिमान केन्याका तन्मय मिश्राको नाममा थियो, जसले सन् २००७ मा पाकिस्तानविरुद्ध १६ बलमा आफ्नो खाता खोलेका थिए ।

–नामिबियाले टी–२० विश्वकपमा पहिलो १० ओभरमा दोस्रो सबैभन्दा कम स्कोर बनाएको छ । नामिबियाको टोलीले अष्ट्रेलियाविरुद्ध १० ओभरमा ५ विकेट गुमाएर २७ रन बनाउन सक्यो । सन् २०१२ मा इङ्ल्यान्डविरुद्ध १० ओभरमा ८ विकेट गुमाएर २६ रन बनाएको अफगानिस्तानको कीर्तिमान अझै कायम छ ।