• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

मोरङमा भाले हात्ती मृत अवस्थामा फेला



विराटनगर । मोरङको सुन्दरहरैँचा— ६ मा भाले हात्ती मृत अवस्थामा फेला परेको छ ।

बुधबार बिहान स्थानीय भत्तmबहादुर लिम्बूले लगाएको केरा खेतीभित्र अन्दाजी ८/९ वर्षको हात्ती मृत अवस्थामा फेला परेको जिल्ला वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिनुभयो ।

हात्ती कसरी केरा बगानभित्र पुग्यो र मृत्यु भयो भन्ने यकिन हुन बाँकी रहेको अधिकृत घिमिरेले बताए । हात्ती मृत्यु बारे कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले अनुसन्धान गरिरहेको उनले बताए ।