६ भाद्र २०८३, शनिबार
,
Latest
बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र श्रीलंकाबीचको खेलको टिकट काटेका दर्शकले पैसा फिर्ता पाउने



अ+ अ-

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ को नेपाल र श्रीलंकाबीचको खेल हेर्न टिकट काटेका दर्शकले पैसा फिर्ता पाउने भएका छन् ।

आइसिसी विश्वकप २०२४ को ‘टिकेटिङ रिफाउन्ड पोलिसी’ अनुसार उनीहरुको पैसा फिर्ता हुने भएको हो ।

कुनै पनि खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएमा टिकटको रकम फिर्ता हुने पोलिसी छ ।

समूह ‘डी’ अन्तर्गत नेपाल र श्रीलंकाबीच अमेरिकाको फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी रंगशालामा तय भएको खेल वर्षका कारण एक बल पनि नखेली रद्द भएको थियो ।

आइसिसीको आधिकारीक वेभपोर्टल वा टिकट ट्राभल पार्टनरमार्फत रकम फिर्ता लिन सकिने आइसिसीले जनाएको छ ।

यद्यपि, थर्ड पार्टी ब्रिकेताबाट टिकट खरिद गरेकाले भने रकम फिर्ता पाउने छैनन् ।