६ भाद्र २०८३, शनिबार
,
Latest
बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार तिन खेल जित्दै अष्ट्रेलिया ‘सुपर एट’मा



अ+ अ-

काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकामा जारी टी–२० विश्वकपमा अष्ट्रेलिया सुपर एटमा प्रवेश गरेको छ । केहीबेरअघि नामिबियालाई हराउँदै लगातार तिन खेल जित्दै अष्ट्रेलियाले सुपर एटको टिकट काटेको हो ।

अष्ट्रेलियाले पहिलो खेलमा ओमानलाई ३९ रनले तथा दोस्रो खेलमा इंग्ल्याण्डलाई ३६ रनले हरायो । समूह बी मा रहेको अष्ट्रेलियाको ३ खेलबाट ६ अंक छ ।

स्कटल्याण्ड ५ अंकका साथ दोस्रो स्थानमा रहँदा नामिबिया २ अंकका साथ तेस्रो, इंग्ल्याण्ड १ अंकका साथ चौंथो स्थानमा रहँदा अंकविहिन रहेको ओमान पुछारमा छ ।

खेलको नतिजाः
खेलमा अष्ट्रेलियाले सहज जित निकाल्यो । अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले हराएको हो ।

नामिबियाले दिएको लक्ष्य अष्ट्रेलियाले ५.३ ओभरमै भेट्टायो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले ८ बलमा २० रन जोड्दा ट्राभिस हेड १७ बलमा ३४ रनसहित अविजित रहे भने कप्तान मिचेल मार्श ९ बलमा १८ रनमा अविजित रहे ।

नामिबियाका लागि एकमात्र विकेट डेभिड विसेले लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स स्टेडियममा टस हारेर ब्याटिङ थालेको नामिबिया १७ ओभरमा ७२ रनमै अलआउट भयो ।

उसका लागि कप्तान जेरहार्ड इरासमसले सर्वाधिक ३६ रन जोडे । यस्तै, माइकल भान लिंगेनले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो आँकडा छुन सकेनन् ।

नामिबियालाई सस्तैमा समेट्न अष्ट्रेलियाका आडम जाम्पाले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए भने जोस हेजलहुड र मार्कुस स्टोइनिसले २–२ तथा प्याट कमिन्स र नाथन एलिसले १–१ विकेट लिए ।