१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित हुनु भएको छ । उहाँ तीन सय ७० मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।

अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गर्नु भएको अधिवेशन आयोजक कमिटीका सदस्य सरस्वति गौतमले जानकारी दिनुभयो । जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव (खुला) मा उद्धव भण्डारी निर्वाचित हुनु भएको छ ।

महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित हुनु भएको छ । यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो । आज ९५ पदका लागि मात्र निर्वाचन भएको हो ।