७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

अनेरास्ववियूले गर्यो दोस्रो चरणको आन्दोलन घोषणाः देशब्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने

अनेरास्ववियूले गर्यो दोस्रो चरणको आन्दोलन घोषणाः  देशब्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

प्रचण्ड–माधव पक्षको अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको हो । अनेरास्ववियुले पौष २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्यम्पसहरुमा कालो ब्यानर राख्ने र कोण सभा आयोजना गर्ने भएको छ । पौष २२ गते उपत्यकामा लाल्टिन जुलुश निकाल्ने उपत्यकाबाहिर लाल्टिन, सिठ्ठी, लाठि जुलुश प्रदर्शन गर्ने, पौष २३ गते देशव्यापी रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने, पौष २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रम गर्ने अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले बताउनुभयो । त्यसैगरी, पौष २५ गते सडक बहस कार्यक्रम गर्ने, पौष २६ गते बयलगाढा प्रदर्शन गर्ने, पौष २७ गते प्रतिगमन विरुद्ध सडक कविता, गीत, गजल वाचन कार्यक्रम गर्ने, पौष २८ गते सडक नाटक तथा सडक कला प्रदर्शन गर्ने र पौष २९ गते सडकमा प्लेकार्डसहित कार्टुन प्रदर्शन गर्ने भएको छ ।

अनेरास्ववियुले शैक्षिक संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ । संघीय संसदबाट सर्वसम्मतरुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको पाठ्य सामाग्री तत्काल वितरण गर्न दबाब दिने सह–संयोजक तामाङले बताउनुभयो । उहाँले कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्योलता तत्काल अन्त्य गर्न दबाबमुलुक कार्यक्रम सञ्चालन गर्ने, कोभिड १९ का कारण अवरुद्ध परिक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरी ढंगले लिएको शुल्क खारेज गर्न आन्दोलन गर्ने बताउनुयभो ।

सह–संयोजक तामाङले प्रतिनिधि सभा पुर्नस्थापना गर्दै प्रतिगामी कदम नसच्याउँदासम्म अनेरास्ववियुले अझै सशक्त कार्यक्रम गर्ने बताउनुभयो । माघ १ गते तेस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिने उहाँको भनाई छ ।  

यस्तो रहेको छ विज्ञप्ति…..