२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको लागि ‘गर या मर’को खेल, अर्को हारले २०२४ को टी–२० विश्वकपबाट बाहिरिने



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को २२ औं खेलमा आज पाकिस्तानी टोलीले क्यानडाको सामना गर्दैछ । न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ ।

यो खेल पाकिस्तानका लागि ‘गर या मर’को हुनेछ । बाबर आजम नेतृत्व टोलीले आज हार्यो भने २०२४ को टी–२० विश्वकपको यात्रा यहीँ समाप्त हुनेछ ।

जारी विश्वकपमा पाकिस्तानी टोलीको यात्रा अहिलेसम्म लाजमर्दो रहेको छ । टोलीले पहिलो दुई खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा आयोजक अमेरिकासँग पाकिस्तान सुपर ओभरमा पराजित भएको थियो ।

यसपछि कम स्कोर भएको खेलमा भारतीय टोलीले म्यान इन ग्रीनलाई ६ रनले हराएको थियो । लगातार २ हारपछि बाबर आजमको कप्तानीमा रहेको टोली समूह ए को चौथो स्थानमा पुगेको छ ।

अर्को हारले पाकिस्तानी टोलीलाई स्वदेश फर्काउनेछ । समूह ‘ए’ मा भारत र अमेरिकाले अहिलेसम्म आफ्ना दुवै खेल जितेका छन् र दुवै टोली ४ अंकसहित शीर्ष २ मा छन् । २ मध्ये १ खेल जितेको क्यानडा तेस्रो स्थानमा तथा कुनै खेल जित्न नसकेको पाकिस्तान चौथो स्थानमा र शून्य अंक जोडेको आयरल्यान्ड पाँचौ स्थानमा छ ।

क्यानडाले पाकिस्तानलाई हराएमा यो टोलीको ४ अंक हुनेछ । अर्कोतर्फ, पाकिस्तानले अन्तिम खेल जित्यो भने पनि उसको अधिकतम २ अंक मात्र हुनेछ । यस्तो अवस्थामा यस समूहका शीर्ष २ टोलीले मात्र सुपर ८ मा आफ्नो स्थान पक्का गर्नेछन् । समूहको अन्तिम खेलमा पाकिस्तानले आयरल्याण्डसँग खेल्नेछ । यो खेल फ्लोरिडामा जुन १६ मा हुनेछ ।