७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

‘पानीका दुःख सुनाउँदा अहिलेकाले अचम्म मान्छन्’

‘पानीका दुःख सुनाउँदा अहिलेकाले अचम्म मान्छन्’
अ+ अ-

बलेवा । खोला बगेको पानीमा बाँसको चपेरोले बनाएको पँधेरो । सबेरै पानी लिन पुगेका पँधेर्नीहरु बिहान ढल्केपछि घर आइपुग्थे । 

पालो कुर्नुपर्ने, गाग्री भरिन पनि समय लाग्ने पँधेरोबाट फर्किदा घरमा भएका बुढापाका ढिलो भयो भनेर कराउँथे । बालबच्चालाई विद्यालय पठाउन अबेला र उमेरकालाई काममा जाने हतारो ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानका महिलालाई केही वर्ष पहिलासम्म यस्तै समस्या थियो । खानेपानी मुहानको अभाव रहेको नारायणस्थानमा विगत लामो समयसम्म पानीको समस्या भोग्यो । बढ्दो जनसङ्ख्या र बसाइँसराइँसमेत बस्ती विकास भइरहेको नारायणस्थानमा अब भने खानेपानी समस्याका कारण पुराना पुस्ताले भोगेको समस्या कथा जस्तै हुनेछन् ।

नारायणस्थानकी तिलकुमारी बराईलीले पानी भर्न पँधेरो पुगेर फर्किदा सासूले ढिला गरेको भन्दै झपारेको अहिले पनि सम्झनुहुन्छ । “बाटो हिँड्नेले खाने पानी पाउँदैनथे, लाइन बसेर ल्याएको पानी सबैलाई दिन पनि नसकिने”, उहाँले भन्नुभयो, “पानीकै लागि धेरै समय बिताइयो ।” अहिले नारायणस्थानका घर–घरमा पानीका धारा पुगेका छन् । खोलाको पँधेरा पुग्नुपर्ने बाध्यता केही वर्ष पहिला हटेको नारायणस्थानमा अहिले घर–घरमा आफ्नै धारा छन् । भान्छाकोठा र गोठमासमेत आवश्यकता अनुसार धाराबाटै पानी खसाल्न सक्छन् । 

साना नातीनातीनालाई पहिलेको पानीका दुःख सुनाउँदा अचम्म मान्ने गरेको उहाँले बताउनुभयो । नारायणस्थनामा बागलुङ नगरपालिका–१३ पैञ्यूपाटाको धारापानी, वडा नं १२ अमलाचौरको धापेखोलाबाट केही वर्ष पहिले पानी आएको हो । दर्जनौं घरको एउटा सामुदायिक धारोबाट पानी खान्थे उनीहरु । अहिले कालीगण्डकी किनारको पानी बिजुलीले तानेर दुई किलोमिटरमाथि नारायणस्थानको शिरमा पुर्याइएको छ । 

जिल्लामा अहिलेसम्म बनेको सबैभन्दा ठूलो लिफ्टिङ प्रविधिको आयोजना हो, नारायणस्थान खानेपानी संस्थाले सम्पन्न गरेको आयोजना । प्रतिसेकेण्ड आठ लिटर पानी दिनमा आठ घण्टा तानेर नारायणस्थानका घरघरमा चौबिसै घण्टा पानी पुर्याइएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो ।

 “पहिले प्रतिसकेण्ड ६ लिटर पानी थियो, अहिले १४ लिटरभन्दा माथि हुन्छ”, उहाँले भन्नुभयो, “आठ घण्टा मात्रै कालीगण्डकी किनारको पानी तान्दा सबैधारामा दिनभर पानी बाड्न पुग्छ ।” नारायणस्थानका ७९७ घरमा धारा पुगेका छन् । ६० घर परिवारले अहिले पनि सामुदायिक धाराको पानी खान्छन् ।

 ‘लागेको हिसाब दिनु पर्या, पानी जति पनि छ’ तिलकुमारीले भन्नुभयो, “पहिले खानेपानी पुगेको थिएन्, अहिले तरकारी लगाउन पनि पुगेको छ, ।” खानेपानी संस्थाको धारा जोड्न १५ हजार रुपैयाँ लाग्छ । विपन्न परिवारका लागि पाँच हजारमा घरघरमा धारा जोड्ने व्यवस्था रहेको खत्रीले बताउनुभयो ।

घरघरमा धारा पुगेपछि अहिले स्थानीयवासीको दैनिकी फेरिएको छ । सुख्खा माटोका डल्ला पल्टिने नारायणस्थानमा लहलह तरकारी फल्न थालेको वडा सदस्य नारायणप्रसाद श्रेष्ठले बताउनुभयो । बटुवाले पानी नपाउने ठाउँ भनेर चिनिने नारायणस्थानमा अहिले सामुदायिक धारामा बटुवाले नुहाउनसमेत पुग्नेगरी पानी रहेको उहाँले बताउनुभयो ।

नारायणस्थानमा भैरहेको बस्ती विकासलाई समेत ध्यानमा राखेर नारायणस्थानमा पानीको प्रबन्ध भएको छ । “कालीगण्डकी किनारका मुहान सङ्कलन गरेर ल्याइएको पानी हामीले चौविसै घण्टा तान्न सक्छौं”, वडाध्यक्षसमेत रहनुभएका खत्रीले भन्नुभयो, “जनसङ्ख्या र बस्ती बढेमा अझै पचास वर्षलाई पानीको समस्या हुन्न ।” 

पछिल्लो पटक कालीगण्डकीको किनारका मुहान सङ्कलन गरेर लिफ्टीङ प्रविधिमार्फत पानी माथी पु¥याउन रु दश करोड खर्चिएको हो । नेपाल सरकारको ८० प्रतिशत र स्थानीयवासीको २० प्रतिशत साझेदारीमा गत चैतमा योजना सम्पन्न भएपछि नारायणस्थानमा पानीको अभाव टरेको हो । तारानाथ आचार्य/रासस