७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

‘बालुवा नचाले चुलामा आगो बल्दैन’

‘बालुवा नचाले चुलामा आगो बल्दैन’
अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ खल्लाका नन्दा भुलको उमेर ६० वर्ष ढल्किनै लागेको छ । उमेर ढल्दै गए पनि काम गर्ने जोस् र जागर भने तन्नेरीको जस्तै छ । बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म महाकाली नदीको बगरमा बालुवा गिट्टी चाल्नु उहाँको दिनचर्या हो । 

नदीको बगरमा बालुवा नचाले उहाँको घरको चुलोमा आगो बल्दैन । बाध्यतावस उहाँले बालुवा गिट्टी चाल्ने कार्यलाई अङ्गाल्दै आउनुभएको छ । आर्थिक रुपमा विपन्न परिवारका भुलले नदीको बगरमा पाँच वर्षदेखि बालुवा गिट्टी चाल्दै आउनुभएको छ ।
 
बालुवा गिट्टी चालेर बिक्री गरी आएको पैसाले उहाँले परिवारको खर्च चलाउँदै आउनुभएको छ । ब्रह्मदेव बजारबाट झण्डै पाँच किलोमिटर उत्तरमा रहेको खल्ला बस्तीमा बस्दै आउनुभएका नन्दाको घरबासका लागि मात्रै जग्गा रहेको छ । घरका लागि आवश्यकपर्ने खाद्यान्न, लत्ताकपडाको जोहो बालुवा गिट्टी चालेर आउने रकम जेनतेन धानिदै आएको छ । “गाउँमा रोजगारीका लागि अरु विकल्प छैन”, उहाँले भन्नुभयो, “बालुवा गिट्टी चाल्नु रहर नभएर बाध्यता हो । यसबाटै घरखर्च चलेको छ ।”
 
विगतमा गाउँका युवा भारतमा मजदूरी गरी जीविका चलाउँदै आएका थिए । कोरोनाको महामारी फैलिएपछि अधिकांश युवा भारतमा रोजगारी गुमेपछि घर फर्केका छन् । घर फर्केपछि रोजगारी नहुँदा अधिकांश परिवारका युवादेखि बुढापाकासम्म नदीको बगरमा बालुवा गिट्टी चाल्ने कार्यमा संलग्न हुँदै आएका छन् । 

भारतबाट फर्केका करन सार्कीसमेत नदीको बगरमा श्रीमतीसँगै बालुवा गिट्टी चाल्ने कार्य गर्दै आएका छन् । चारदेखि पाँच दिनमा उहाँले चालेको बालुवा गिट्टी बेचेर रु दुई हजार जति कमाउने गरेका छन् । “बिहानदेखि साँझसम्म नदीको बगरमै हुन्छौं”, उहाँले भन्नुभयो, “पाँच दिनदेखि एक हप्तामा दुई हजार जति कमाइ हुन्छ । त्यही कमाइले घरको खाना खर्च धानिएको छ ।” 

“बस्दै आएको ऐलानी बलौटे जग्गामा लगाएको अन्नले एक महिना खान पुग्दैन । नजिकैका बजारमा रोजगार पाइदैन । बालुवा नचालेर के गर्नु” उहाँले भन्नुभयो, “बाध्यता छ ।” बालुवाप्रति ट्राली रु एक हजार र गिट्टी प्रति ट्राली रु दुई हजारमा बिक्री हुने गरेको छ । “नदीको बगरमा बालुवा गिट्टी चाल्न थालेपछि भगाउने समेत गरिन्छ”, अनिता सार्कीले भन्नुभयो, “पहिला माथिल्लो भागमा बालुवा गिट्टी चाल्थ्यौं । त्यहाँ चाल्न दिइएन । भगाइयो । यहाँबाट कुन दिन भगाउने हुन ठेगान छैन ।” 

“बालुवा गिट्टी चालेर नबेचेपछि गुजारा चल्दैन । यो कार्य रोकेपछि बिजोग नै हुन्छ । साँझ बिहानको खानाको छाक टार्नसमेत मुस्किल हुन्छ”, उहाँले भन्नुभयो । आर्थिक अभावका कारण अभिभावकसँगै नदीको बगरमै बालबालिकासमेत बालुवा गिट्टी चाल्ने कार्यमा संलग्न हुने गरेका छन् । घरखर्च चलाउन निकै अप्ठेरो परेका कारण बालबालिकालाईसँगै काममा लगाउनुपरेको अधिकांश परिवारले दुःखेसो पोख्नुभयो । 

“कोरोना सङ्क्रमणका कारण विद्यालय पनि सञ्चालनमा छैनन् । त्यसैले पनि विद्यालय पढ्दै आएका बालबालिकालाई बालुवा गिट्टी चाल्ने कार्यमा लगाएका छौं”, बालुवा गिट्टी चाल्नमा संलग्नहरुले भन्नुभयो, “विद्यालय सञ्चालन भए पनि कापी, कलम र पोशाकको व्यवस्था गर्नेसम्मको हैसियत धेरैसँग छैन । विद्यालय पढदै गरेकालाई बिचमै विद्यालय छुटाएर काममा लगाउनुपरेको छ ।” 

यहाँका अधिकांश बालबालिकाले बालुवा बोकेरै पढाइ खर्च जुटाउने गरेको स्थानीयवासीको भनाइ छ । बजारक्षेत्रमा आवश्यक पर्ने अधिकांश बालुवा बालबालिकाले चाल्ने गरेको स्थानीयवासी अनिता सार्कीले बताउनुभयो । निःशुल्क पढ्न पाउनुपर्ने बालबालिकाको अधिकार संविधानमा किटान गरिएको भए पनि, सरकारले समेत बालबालिकालाई अनिवार्य रुपमा विद्यालय पठाउन भर्ना कार्यक्रम सञ्चालन गरे पनि भीमदत्त नगरपालिका–९ खल्लालाई छुन सकेका छैनन् । अभिभावकहरूकै असहयोगका कारण बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन कठिन भएको दाबी नगरपालिकाको छ । 

विद्यालय नआएर बालुवा बोक्दै घरखर्च चलाउने बालबालिकाका विषयमा सम्बन्धित सबै निकायले छलफल गरी समस्या समाधानतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ । बालुवा गिट्टी चाल्दाचाल्दै धेरै जना बिरामी भए पनि उपचार खर्च नहुँदा रोग पालेर बस्नुपर्ने अवस्थासमेत रहेको छ । 

 महाकाली नदीको बगरमा बालुवा चाल्नेमा अधिकांश दलित परिवार संलग्न छन् । बालुवा गिट्टी चाल्ने परिवारको आर्थिक अवस्था दयनीय छ । बस्नका लागि गतिलो घरसमेत छैन । अधिकांश परिवार झोपडीमा बस्दै आएका छन् । महाकाली नदीमा बालुवा गिट्टी चाल्नेको सङ्ख्या सय भन्दा बढी छ ।- राजेन्द्रप्रसाद पनेरु/रासस