७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

५ बर्षपछि नयाँ नेतृत्व चयनका लागि साझाले साधारणसभा गर्दै

५ बर्षपछि नयाँ नेतृत्व चयनका लागि साझाले साधारणसभा गर्दै
अ+ अ-

काठमाडौं । साहित्यकारहरुको साझा संस्था साझा प्रकाशनले ५ बर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ । 

ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको कार्यालय मंगलबार बिहान ११ बजे देखि अध्यक्षका लागि मतदान सुरु भएको हो । साझा प्रकाशनका संञ्चालक समितिको निर्वाचन २०७२ साल यता हुन सकेको थिएन । विद्यमान ऐन अनुसार २०७५ को असार मसान्त भित्र अध्यक्ष सहितको सञ्चालक समितिको निर्वाचन भईसक्नुपर्ने थियो । व्यवस्थापकिय समस्या राजनीति मिसिएपछि साझा प्रकाशनको साधारणसभा प्रभावित बन्दै आएको थियो । साझा प्रकाशनको विनियममा  हरेक ३ बर्षमा पदाधिकारी निर्वाचित गर्नुपर्ने व्यवस्था छ । पछिल्लो सहकारी नियमावलि २०७५ अनुसार २०७५ असार मसान्त भित्र साधारणसभा गरिसक्नुपर्ने थियो । पटक पटक सरकार परिर्वतन, राजनीतिक नियुक्तिले अस्तव्यस्त र राजनीति गर्ने अखडा बनेको साझा प्रकाशनले पछिल्लो पटक २०७७ बैशाख २७ गतेका लागि साधारणसभा तोकेको भएपनि कोरोनाका कारण पुनः स्थगित गरिएको थियो । साझा प्रकाशनको अध्यक्षका लागि साहित्यकार डाक्टर बिजय सुब्बा र पुर्व सञ्चालक जीवनचन्द्र कोइराला प्रतिस्पर्धामा उत्रिएका छन् । साहित्यकार डाक्टर सुब्बा यसअघि पनि साझाको संञ्चालक समिति सदस्यमा रहेर काम गरिसक्नुभएको छ । आफुलाई “सिंगो साझा बचाउ अभियानले” उम्मेदवारी बनाएको र साझा भित्र मौलाएको भ्रष्टाचारको अन्त्य गरि राजनीति बाट जोगाएर साहित्यकारहरुको साझा संस्था बनाउनका सदस्यहरुले आफुलाई बिजयी बनाउने विश्वास डाक्टर सुब्बाले व्यक्त गर्नुभयो ।

अर्का अध्यक्षका प्रतिष्पर्धी जीवनचन्द्र कोइरालाले पनि साझा भित्रको व्यवस्थापकिय कमिकमजोरी र भौतिक पुर्वाधारको पुर्नसंरचनाका लागि आफुले उम्मेदवारी दिएको बताउनुभएको छ ।

कोभिड १९ को जोखिमलाई मध्यनजर गरि साझा प्रकाशनले मंगलबार देखि शुक्रबार ३ बजे सम्मका लागि कार्यालय परिसरभित्र मतदान गर्न सक्ने व्यवस्था मिलाएको छ । निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईले स्वास्थ्य सर्तकताका मापदण्ड अपनाएर मतदानको व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।

सदस्यसचिव भट्टराईका अनुसार अन्य ३ जना सञ्चालकहरु र्निविरोध चयय भएका छन् । महिला तर्फ सीता कुमारी ओझा, खुल्ला तर्फ डोरप्रसाद अर्याल र हरि प्रसाद भण्डारी र्निविरोध चयन भएका हुन् । दुई सदस्यीय लेखा सुपरिवेक्षण समितिमा भने कसैको पनि उम्मेदवारी परेको छैन ।
अध्यक्षको निर्वाचनको मत परिणाम आगामी २५ गते सनिबार भर्चुअल रुपमा हुने साधारण सभामा जानकारी गराईने पनि निर्वाचन समितिका सदस्य सचिव भट्टराईले जानकारी दिनुभयो ।
सहकारी ऐन २०७४ अनुसार अब निर्वाचित पदाधिकारीको समायावधि ४ बर्ष को हुनेछ । साझा प्रकाशनको २०७०÷७१ देखिलेखा परीक्षण हुन सकेको छैन ।