६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

सार्वजनिक नियुक्ति अघि विदेशी नागरिकता वा पीआरबारे फाराम भराऊ

सार्वजनिक नियुक्ति अघि विदेशी नागरिकता वा पीआरबारे फाराम भराऊ
अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा नियुक्ति गर्दा सम्बन्धित व्यक्ति विदेशी नागरिकता वा स्थायी आवासीय अनुमतिपत्र (पीआर) धारी भए/नभएकोबारे यकिन गरेर मात्र नियुक्त दिन सरकारलाई निर्देशन दिएको छ । अख्तियारले यस्तो प्रावधान अनिवार्य गर्न पनि भनेको हो ।

वास्तविक विवरण लुकाएर विभिन्न व्यक्तिले मन्त्रिपरिषद् र अन्य सार्वजनिक निकायबाट सरकारी (सार्वजनिक) नियुक्ति पाउने गरेको भन्दै अख्तियारले अबदेखि यस्ता नियुक्तिमा प्रस्ताव पेस गर्दा नै प्रस्तावित व्यक्ति विदेशी नागरिक वा पीआर धारी भए/नभएकोमा स्वयम् घोषणा गर्न लगाउने प्रबन्ध मिलाउन निर्देशन दिएको हो ।

नेपालको संविधानको धारा २ सय ९१ मा ‘विदेशी स्थायी आवासीय अनुमति पत्र लिएको नेपालको नागरिक संविधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनित वा नियुक्तिका लागि योग्य हुनेछैन’ भनिएको छ ।

त्यस्तो विदेशी स्थायी आवासीय अनुमति पत्र त्यागेको व्यक्तिलाई कम्तीमा ३ महिनाको अवधि व्यतित भएपछि निर्वाचित, मनोनित वा नियुक्ति गर्न बाधा नपुग्ने पनि संविधानमै व्यवस्था छ । यससम्बन्धी अन्य व्यवस्था संघीय कानुन बमोजिम हुने उल्लेख छ ।

निजामति सेवा ऐन २०४९ को दफा ६१ (२) मा विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र लिएमा वा सोका लागि निवेदन दिएमा भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने व्यवस्था छ ।

अख्तियारले मन्त्रिपरिषद, मन्त्रालय र सवै सार्वजनिक निकायलाई यस्ता नियुक्तिका लागि अनिवार्य रुपमा कार्यविधि बनाउन निर्देशन दिएको हो । अख्तियारका सचिव रामेश्वर दंगालले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैठकबाट भएको निर्णय कार्यान्वयन गर्न’ भन्दै मुख्यसचिव वैकुण्ठ अर्याललाई पत्र पठाएका हुन् ।