• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   तारकेश्वर नगरपालिका-३ स्थित जितपुर पाँचमानेमा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल भुवनेश्वरी मन्दिर ★   जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभामा कुर्सी हानाहान ★   भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकारलाई सांसद गैरेको आग्रह ★   संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण ★   छाउपडी लगायतका कुप्रथा अन्त्यका लागि कानुन बनाउन समिति बनाईने ★   वित्तीय हस्तान्तरण गरिएका कार्यक्रम कार्यान्वयनका लागि प्रदेश तहको समन्वय प्रणाली विकास गर्नुपर्छ: मन्त्री चौधरी ★   हारपछि कप्तान पावेलले निराश बन्दै भने – हामी ट्रफी जित्न… ★   सांसद पौडेलको प्रश्न: देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ? ★   किसानलाई ६४ हजार डालेघाँसका बिरुवा वितरण ★   ढुङ्गेधारा छ, पानी छैन

बंगलादेशमाथि दक्षिण अफ्रिकाको चौथो जित, नासाउ पिचमा ११३ रनको स्कोर पनि पछ्याउन सकेन



काठमाडौँ । टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ । टी–२० विश्वकपमा अफ्रिकी टोलीले बंगलादेशलाई लगातार चौथो खेलमा पराजित गरेको हो । यी दुईबीच अहिलेसम्म ४ खेल मात्र खेलिएका छन् ।

नासाउ काउन्टी क्रिकेट स्टेडियममा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको थियो । टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएको थियो । ११४ रनको लक्ष्य पछ्याएको बंगलादेशी टोलीले २० ओभरमा ७ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

लेग स्पिनर केशव महाराज यस जितको नायक बने । उनले अन्तिम ओभरमा ११ रन बचाए । यो ओभरमा महाराजले २ विकेट पनि लिए । उनले कुल ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच हेनरिक क्लासेन भए । उनले ४४ बलमा ४६ रनको उपयोगी इनिङ खेले ।

यस्तै, डेभिड मिलरले २९ रनको योगदान दिए । दुवैले ५औं विकेटका लागि ७९ बलमा ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सयको आँकडा पार गराए । बंगलादेशका तनजित हसन शकिबले ३ विकेट लिए । तस्किन अहमदले २ विकेट लिए । रिशाद हुसेनले पनि सफलता हात पारे ।

बंगलादेशका लागि तौहिद हरदोयले सर्वाधिक ३७ रनको इनिङ खेले । महमुदुल्लाहले २० रन बनाए । केशव महाराजले ३ विकेट लिए भने कागिसो रबाडा र एनरिक नोर्त्याले २/२ विकेट लिए ।