७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

राजनीतिक परिस्थितिलाई मोड्न प्रधानमन्त्री पक्षधरले जबजको कुरा उठाए : भट्टराई

राजनीतिक परिस्थितिलाई मोड्न प्रधानमन्त्री पक्षधरले जबजको कुरा उठाए : भट्टराई
अ+ अ-

काठमाडौंं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले राजनीतिक परिस्थितिलाई मोड्न जनताको बहुदलीय जनवादको कुरा उठाएको बताउनुभएको छ ।  

पार्टीको केन्द्रीय संघर्ष समितिको सह–संयोजक तथा प्रवक्ता समेत रहनु भएका भट्टराईले मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले केपी शर्मा ओली पक्षधरले पूर्व एमाले तथा जनताको बहुदलीय जनवादलाई एकिकृत गर्ने कुरा वर्तमान राजनीतिक परिस्थितिलाई मोड्नको निम्ति मात्रै भएको बताउनुभएको हो । प्रधानमन्त्रीले संविधानको उलंघन गरी आफ्नो कमजोरी ढाकछोप गर्न पूर्व एमालेको छाता ओढाईएको उहाँको भनाई छ । पूर्व एमाले अथवा पूर्व माओवादी भनि एक ठाउँमा आउँदा मुलुक ०६२/०६३ को आन्दोलन अगाडीको अवस्थामा पुगि देश द्धन्दमा जाने उहाँले बताउनुभयो । पूर्व एमाले र पूर्व माओवादी भन्नु समाजलाई पछि धकेल्ने कुरा भएको उहाँको भनाई छ । २०७५ जेठ ३ गते दुवै पार्टी विधिवत् रुपमा विघटन भएको र अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरी एकीकृत केन्द्रीय कमिटीले अनुमोदन गरेकाले पछाडी फर्किन नसकिने उहाँले बताउनुभयो ।

स्थायी कमिटी सदस्य भट्टराईले जनताको बहुदलीय जनवाद र एक्काईसौँ शताब्दीको जनवादलाई परिमार्जन गर्दै समाजवाद उन्मुख जनताको जनवादलाई कार्यक्रम बनाइएको स्मरण गर्दै यसमा नअल्मल्लिन आग्रह गर्नुभयो । यतिखेर देशमा प्रतिगमन र अग्रगमनबीचको अन्र्तविरोध भएको र प्रधानमन्त्री ओली प्रतिगमन तथा प्रतिक्रान्तिको कित्तामा उभिनुभएको भट्टराईको भनाई छ ।