२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ मा नेकपाको संसदीय दलमा महतो, मण्डललाई हटाइयो



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ।  मंगलबार प्रचण्ड–नेपाल समूहको बैठकले नेता सत्यनारायण मण्डल कारबाही गरी महतोलाई चयन गरेको हो ।  

नेकपाको कुल ३२ सांसदमध्ये १८ जना सांसदले हस्ताक्षर गरी मण्डलबिरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।  यस्तै, प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली छन्।  

बैठकलगत्तै नेकपाका प्रदेश सभा सदस्यहरूले सभामुख सरोजकुमार यादवलाई नेकपा संसदीय दलको बैठकले गरेको निर्णयबारे जानकारी गराए।