६ पुष २०८२, आईतवार
,
Latest
प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमान टी–२० विश्वकपको सुपर–८ दौडबाट बाहिरियो, इंग्ल्याण्डलाई पनि समस्या



अ+ अ-

एजेन्सी । ओमान टी–२० विश्वकपको सुपर ८ को दौडबाट बाहिरिएको छ । टोलीले समूह चरणको पहिलो तीन खेलमा हार बेहोरेको थियो ।

योसँगै स्कटल्याण्ड ५ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । ओमानविरुद्ध स्कटल्याण्डको जितले इङ्ल्यान्डको सुपर–८ स्थान खतरामा परेको छ ।

विश्वकपको २० औँ खेलमा ओमानको खेल स्कटल्याण्डसँग एन्टिगुवाको सर भिभियन रिचर्ड स्टेडियममा भएको थियो । आइतबार राति ओमानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो । जवाफमा स्कटल्याण्डले १३.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पछ्यायो ।

प्रत्येक समूहका शीर्ष २ टोली मात्रै अर्को चरण अर्थात सुपर ८ मा प्रवेश गर्नेछन् । स्कटल्याण्ड पहिलो नम्बरमा परेको छ । उसको अन्तिम खेल अस्ट्रेलियासँग छ । यदि अष्ट्रेलियाविरुद्ध यो खेल जित्यो भने उसको स्थान पक्का हुनेछ । योसँगै स्कटल्याण्डले हार्दा पनि उसको सम्भावना इङ्ल्यान्डमा निर्भर हुनेछ । सुरक्षित रहन स्कटल्याण्डले ओमानविरुद्ध १३ ओभरमा ठूलो जित दर्ता गरिसकेको छ ।

इंग्ल्याण्डले २ खेल खेलेको छ । एउटा बराबरी र एक हारेको थियो । योसँगै टोलीको १ अंक छ । यदि उसले अर्को २ खेल जित्यो भने पनि टोलीको स्कटल्याण्ड बराबर ५ अंक मात्र हुनेछ । अस्ट्रेलियाले स्कटल्याण्डलाई हराएमा इंग्ल्याण्डले दुवै खेल ठूलो अन्तरले जित्नुपर्नेछ ।