७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

पर्वतको बिहादीमा प्याराग्लाइडिङ पूर्वाधार निर्माणको काम शुरु

पर्वतको बिहादीमा प्याराग्लाइडिङ पूर्वाधार निर्माणको काम शुरु
अ+ अ-

पर्वत । पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम रु २० लाखको लागतमा गाउँपालिकाको लुङरिङडाँडामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको हो । बिहादी गाउँपालिकाको रमणीय तथा पर्यटकीय क्षेत्र मानिने लुङरिङडाँडाबाट प्याराग्लाइडिङ उडान (टेकअफ) गर्ने र वडा नं ३ को इमिचौर र वडा नं १ को दुर्लाङमा अवतरण ९ल्याण्ड० गर्ने गरी काम थालिएको छ ।

केही समयअघि गरिएको प्याराग्लाइडिङको सफल परीक्षणसँगै व्यावसायिक उडानका लागि पूर्वाधारको काम थालिएको प्याराग्लाइडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष जीतबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार रु २० लाखबाट उडान गर्ने स्थानको धावनमार्ग सुधार, शौचालय, प्रतीक्षालय, कार्यालयलगायतका संरचना निर्माण गरिनेछ । उक्त संरचना आगामी तीन महिनाभित्रै निर्माण सम्पन्न गरी प्याराग्लाइडिङको संस्था दर्ता गर्ने कामसमेत अगाडि बढाइने नेपालीले बताउनुभयो । प्याराग्लाइडिङ उडान गर्ने स्थान करिब दुई हजार मिटरको उचाइमा छ ।

प्याराग्लाइडिङको सम्भाव्यता र दृश्यावलोकनका लागि राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन गरेसँगै पूर्वाधार निर्माणको काम थालिएको हो । गण्डकी प्रदेश सरकारले बिहादी गाउँपालिकासहित प्रदेशका पाँच स्थानमा प्याराग्लाइडिङको पूर्वाधार निर्माण थालेको छ । यसैबीच बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले मङ्गलबार प्याराग्लाइडिङ पूर्वाधार निर्माणको शिलान्यास गर्नुभएको छ । भुसालले पर्यटनको महत्वपूर्ण आधार मानिने प्याराग्लाइडिङले समग्र बिहादी गाउँपालिकाको भविष्यलाई उज्ज्वल बनाउन मद्दत पुग्ने बताउनुभयो ।

बिहादी पर्यटनका हिसाबले प्रचुर सम्भावना भएको पालिका रहेको चर्चा गर्दै भुसालले पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । नियमित प्याराग्लाइडिङ उडान गर्नका लागि आवश्यक प्रक्रिया गाउँपालिकाले तत्काल अघि बढाउने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । यसअघि पर्वत सदरमुकाम कुश्माबजारसँगै रहेको बलेवामा पनि प्याराग्लाइडिङ पूर्वाधार निर्माण थालिएको थियो ।