• ५ असार २०८१, बुधबार
  •      Wed Jun 19 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै ★   असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला–२०८१ हुँदै ★   शिलाजीतमा यस्तो के छ, जसले शरीरलाई अपार शक्ति दिन्छ ? ★   मन्त्रालयको बजेट पुन:लेखन गर्नुपर्छ: प्रमुख सचेतक लेखक ★   प्रधानमन्त्री आफैँ खेलकुद क्षेत्रमा गम्भिर बन्नुपर्छ: मेटमणि चौधरी ★   दीपेन्द्रसिंह ऐरीको छलाङः टी-२० विश्व वरीयताको अलराउन्डरको छैटौं स्थानमा उक्लिए ★   संसदीय छानबिन विशेष समिति कानूनी परामर्शमा ★   सरकारले दुध किसानलाई वक्यौता रकम तत्काल उपलब्ध गराउनुपर्छ: दीपकबहादुर सिंह ★   सरकारले राष्ट्रिय खेलाडीलाई आवश्यक मासिक तलवको व्यवस्था गर्न नसकेकोमा एमाले सचिव आचार्य असन्तुष्ट ★   श्रद्धा कपुरले राहुलसँगको रिलेसनसिपको पुष्टि गरिन्

वेस्ट इन्डिज पुगेर सन्दीपले भने – मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू वेस्ट इन्डिज पुगेको जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु तर दुर्भाग्यवश त्यो सफल हुन सकेन । तर ती सबै कुरालाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु ।’

उनी अगाडि लेख्छन् – , ‘मेरो सहयात्रालाई सम्भव बनाउनका लागि क्यान अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरो प्यारो पारस खड्का दाइ, मेरो वकिल सरोज घिमिरे दाइ, विनोद दास दाइ र प्रबल दाइ र प्रिय बालकृष्ण दाइलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

अध्यक्ष चन्द र सचिव पारस खड्काको छवि धुमिल बनाउने प्रयासबाट आफू दुःखी भएको पनि उनले उल्लेख गर्दै क्यान र नेपाली क्रिकेटको छवि खराब गर्ने प्रोपोगान्डाको पछि नलाग्न आग्रह गरेका छन् । ‘चतुर सर र पारस दाई जस्ता महत्वपूर्ण व्यक्तित्वहरूको जानाजानी छविमा खराब गर्ने देखेर म निराश छु, जसले मेरो पुनरागमनलाई सम्भव बनायो ।’ उनले भनेका छन् ।

यस्तै, सन्दीपले आफ्नो भिसा सम्बन्धी सबै झूटा प्रचारको पछि नलाग्न आग्रह गर्दै मानिसहरूले क्यान र नेपाल क्रिकेटको छविलाई कलंकित गर्न प्रयोग गरिरहेको भन्दै त्यसमा दुःख व्यक्त गरेका छन् ।

सबै क्रिकेट फ्यानहरू र जसले आफ्नो लागि प्रार्थना गरे, आफू सधैं आशीर्वादको लागि आभारी रहने सन्दीपले बताएका छन् ।

सन्दीप वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको दुई खेलमा सहभागी हुनेछन् ।