२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत ११९ रनमा अलआउट, पाकिस्तानलाई सहज लक्ष्य



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई १२० रनको लक्ष्य दिएको छ । भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाए । उनी बाहेक कुनै पनि ब्याट्सम्यानले २० रनको अंक पार गर्न सकेनन् ।

पूरा टोली १९ ओभरमा ११९ रनमा अलआउट भयो । अक्षर पटेलले २० तथा रोहित शर्माले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

वर्षाका कारण ढिलो सुरु भएको यो खेलमा भारतले पावरप्लेमा २ विकेट गुमाएर ५० रन बनाएको थियो तर त्यसपछि १३ ओभरमा ६९ रन मात्रै बनाउन सकेको थियो ।

पाकिस्तानका नसिम शाहले ३ विकेट लिए । मोहम्मद आमिरले १५ औं ओभरमा ऋषभ पन्त र रविन्द्र जडेजाको विकेट लिएर भारतलाई ब्याकफुटमा धकेले ।

पाकिस्तानका लागि पेसर्सले सबै विकेट लिए । नसिम शाह ३, हरिस रउफ ३, मोहम्मद आमिरले २ तथा शाहिन शाह अफ्रिदीले १ विकेट लिए ।

नासाउमा हालसम्म ४ खेल खेलिएको छ भने ३ खेल चेजिङ टोलीले जितेको छ । टी–२० विश्वकपको कुरा गर्ने हो भने यस प्रतियोगितामा भारत र पाकिस्तानबीचको यो आठौं भिडन्त हो । पछिल्ला ७ खेलमा भारतले ६ र पाकिस्तानले १ खेल जितेको छ ।