४ भाद्र २०८३, बिहीबार
,
Latest
अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ? अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल खेलकुद महासंघले माग्यो क्यान अध्यक्ष चन्दको राजीनामा, पारसमाथि छानबिन गर्न माग



अ+ अ-

काठमाडौँ । नेपाल खेलकुद महासंघले नेपाल त्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले अध्यक्ष चन्दको राजीनामा मागेको हो । क्यान अध्यक्ष चन्द अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) ले नेपाललाई विश्वकपको लागि प्रदान गर्ने १५ खेलाडी र १० सपोर्टिङ स्टाफमध्ये प्रशिक्षण समयदेखि अनिवार्य रुपमा हुनुपर्ने टिम डाक्टरलाई टिममा नराखी उक्त स्थानमा आफू र श्रीमतीसहित अमेरिका पुगेको भन्दै नैतिकताका आधारमा राजीनामा गर्न र राजीनामा नगरे कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

खेलाडीहरुलाई अमेरिकामा अध्यक्ष चन्दले चन्दा उठाउने हेतुले राति—राति होटलमा खेलाडीहरूलाई उभ्याएको र फोटो खिचाउने काममा लागाएको आरोप लगाउँदै यसबारे सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै महासंघका केन्द्रिय सचिव विप्लव घोषले विश्वकप अगाडि क्यान अध्यक्ष चन्दको मिलेमतोमा क्यानका सचिव पारस खड्का अमेरिका पुगेर नेपाली खेलाडीले हस्ताक्षर गरेको ब्याट र टिसर्ट अक्सनमा राखेर बेचेको, अमेरिकामा बसोवास गर्ने नेपालीहरूले चन्दा उठाएर उपलब्ध गराएको रकम हालसम्म क्यानको बैंक खातामा दाखिला नभएको क्यानका स्वयं पदाधिकारी एंव केन्द्रिय सदस्यहरूले कुरा उठाएको बताउनु भयो ।

यसबारे अविलम्व छानविन गरी दोषीमाथि कार्यवाही गर्न माग गर्नुभयो । सन्दीप लामिछाने नेपालका सर्वोत्कृष्ट खेलाडी भएपनि नेपालको १५ सदस्यीय टोलीमा समेटिन नसकेको बारेमा पनि अविलम्व छानबिन गर्न माग गर्नुभयो ।

अमेरिकामा फेम नेपाल नामक संस्थाले क्यानका अध्यक्ष चन्द र उहाँको श्रीमतीलाई ट्याङ्ग आउट स्पोर्ट्स बार, इर्भिङमा ख्वाएवापत र खेलाडीलाई एकछिन बसाएबापत खेलाडीलाई भेट्न गएका व्यक्तिहरूसँग टिकटको मूल्य ३५ डलर गैरकानूनी रुपमा उठाएको, ८० डलरको गेमको टिकटलाई १३५ डलर लिएर नेपाली दर्शकलाई ठगेको आरोप पनि महासंघले लगाएको छ ।

विश्वकपको सन्दर्भमा विभिन्न व्यक्तिलाई अमेरिका पठाउने भन्दै भिसा प्रकियाको लागि प्रधानमन्त्री कार्यालयको लेटरप्याड प्रयोग गरेर ती व्यक्तिहरुबाट रकम उठाई मानव तस्करी गर्न लागेको र यस कार्य क्यानका पदाधिकारीको मिलेमतो विना असम्भव रहेको भन्दै छानबिनको माग गरेको छ ।

क्यानको लेटरप्याडमा नागर्जुन नगरपालिकाका मेयरसहित पूर्व वडाअध्यक्षलाई क्यानका सचिवले विश्वकप अवलोकन गर्नका लागी अनुरोध गरेको पत्र मेयर आफैँले सामाजिक सञ्जालमा प्रकासित गरेकोबारेमा छानबिन गर्न माग महासंघले गरेको छ । सत्यतथ्य पूर्ण रुपमा सार्वजनिक नगरेसम्म महासंघले क्रमवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।