१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्क्वायर सहकारीको अध्यक्षसहित तीन जना पक्राउ



अ+ अ-

काठमाडौं । स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारीको ७ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा अध्यक्ष बासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँ पक्राउ परेका हुन् ।

उनीहरूले बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

पक्राउ परेकाहरू विरुद्ध सहकारी ठगीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता तथा एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।