४ भाद्र २०८३, बिहीबार
,
Latest
अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ? अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिचेल मार्शको छक्काले पुर्यायो नोक्शान, सोलार प्यानलनै फुटेपछि…



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाका कप्तान मिचेल मार्सले टी–२० विश्वकप २०२४ मा छक्का प्रहार गरेर ठूलो क्षति पुर्याएका छन् ।

मार्सको छक्काले स्टेडियममा जडान गरिएको सोलार प्यानलमा क्षति पुर्याएको हो । बार्बाडोसको केन्सिङ्टन ओभलमा अष्ट्रेलिया र इंग्ल्याण्डबीच टी–२० विश्वकपको १७ औं खेल खेलिएको थियो । यो खेलमा मार्सको छक्काले ठूलो क्षति पुर्याएको थियो, जसको भिडियो पनि सार्वजनिक भएको छ ।

आईसीसीले मार्सको यो छक्काको भिडियो आधिकारिक सामाजिक सञ्जालमार्फत शेयर गरेको छ । भिडियोमा मार्सले ठूलो प्रहारका साथ छक्का हानेका छन् र बल स्टेडियमको स्ट्यान्डको छतमा जडान गरिएको सोलार प्यानलमा पुगेको देख्न सकिन्छ ।

सोलार प्यानल बलले लाग्नेबित्तिकै फुट्छ । यस भिडियोको क्याप्शनमा आईसीसीले लेख्यो, ‘मिचेल मार्शले केन्सिङ्टन ओभलमा छाप छोडे ।’

मार्सले पहिलो इनिङ्सको ९ औं ओभरको पाँचौं बलमा इङ्लिस स्पिनर आदिल राशिदलाई छक्का प्रहार गरेका थिए । मार्स राम्रो लयमा देखिएका छन् । इंग्ल्याण्ड विरुद्धको खेलमा उनले २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३५ रनको पारी खेलेका थिए ।

अष्ट्रेलियाले इंग्ल्यान्डलाई ठूलो स्कोर बनाएर पराजित गरेको थियो । खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०१ रन बनाएको थियो । यो विश्वकपमा २०० वा सोभन्दा बढीको पहिलो स्कोर थियो ।

कङ्गारु टोलीलाई ठूलो स्कोर बनाउन धेरै खेलाडीहरूले योगदान दिए, जसमा डेभिड वार्नरले १६ बलमा २ चौका र ४ छक्काको मद्दतमा ३९ रनको सबैभन्दा ठूलो इनिङ खेले ।

त्यसपछि लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन मात्रै बनाउन सक्यो । टोलीका लागि कप्तान जोस बटलरले २८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४२ रनको सबैभन्दा ठूलो इनिङ खेले । तर, उनको इनिङ्सले टोलीलाई जित दिलाउन सकेन ।