८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘तेल लगाउ डाबरको, विकेट गिराउ बाबरको’

‘तेल लगाउ डाबरको, विकेट गिराउ बाबरको’
अ अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को महाभिडन्त आज भारत र पाकिस्तानबीच हुँदैछ । न्यूयोर्कमा हुने यो खेलअघि भारतीय टोलीका स्टार विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले विपक्षी टोलीका कप्तान बाबर आजमबारे टिप्पणी गरेका छन् ।

एक टिभी कार्यक्रममा दिएको अन्तर्वार्ताका क्रममा उनले फ्यानले चलाएको किस्सालाई उल्लेख गर्दै ब्याट्सम्यानबारे व्यंग्य गरेका हुन् ।

ऋषभ पन्त नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिने खेलअघि टिभी कार्यक्रममा पुगेका थिए । यहाँ उनले भारत–पाकिस्तान खेललाई लिएर फ्यानहरुको उखानको चर्चा गरेका छन् । उद्घोषकले सोधे, ‘भारत र पाकिस्तानबीचको खेलमा ‘तेल लगाओ डाबर का, विकेट गिराओ बाबर का’ जस्ता नारा धेरै लगाइन्छ । त्यसमा पन्त मुस्कुराउदै भने, ‘म भन्न चाहन्छु कि खेलाडीको रुपमा हेर्दा उनीहरु पनि आफ्नो देशका लागि धेरै मेहनत गर्छन् । यो होइन कि त्यहाँ ठट्टा छ, तर एउटा चाखलाग्दो कुरा यो छ कि भावनाहरू एकसाथ आउँछन्, भारत एक देशको रूपमा, पाकिस्तान एक देशको रूपमा । फ्यानहरू पनि नयाँ–नयाँ उखानहरु सुरु गर्छन् । तपाईले भनेजस्तै… ‘तेल लगाउ डाबरको, विकेट गिराउ बाबरको’ । सर, यी सबै कुराले थप रोचक बनाउँछ ।

टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध भारतको कीर्तिमान उत्कृष्ट रहेको छ । सन् २००७ यता दुवै टोली यस प्रतियोगितामा सात पटक आमनेसामने भएका छन् । जसमध्ये भारतले ६ पटक र पाकिस्तानले एक पटक जितेको छ । योसँगै दुई टोलीबीच समग्र टी–२० मा १२ खेल भएका छन् । भारतले आठ पटक र पाकिस्तानले तीन पटक जितेको छ ।

२००७ मा एक खेल टाई भएको थियो, जुन भारतले ‘बाउल आउट’मा जित्यो । अर्थात् टिम इन्डियाले १२ मध्ये ९ वटा जितेको छ । पछिल्लो पटक सन् २०२२ मा भएको विश्वकपमा भारत र पाकिस्तानको टोली आमनेसामने भएका थिए र त्यसपछि मेलबर्नमा भएको खेलमा भारतले पाकिस्तानलाई चार विकेटले पराजित गरेको थियो ।

२०२४ को टी–२० विश्वकपमा कुल २० टोलीले खेलिरहेका छन्, जसलाई चार समूहमा विभाजन गरिएको छ । समूह ए मा भारत र पाकिस्तान रहेका छन् । आयोजक अमेरिका बाहेक यसमा क्यानडा र आयरल्याण्ड पनि परेका छन् । आफ्नो पहिलो खेलमा जित हात पार्दै भातर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने पहिलो खेलमा पाकिस्तानले हार बेहोरेको थियो । आज दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्नेछन् ।