२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तेल लगाउ डाबरको, विकेट गिराउ बाबरको’



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को महाभिडन्त आज भारत र पाकिस्तानबीच हुँदैछ । न्यूयोर्कमा हुने यो खेलअघि भारतीय टोलीका स्टार विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले विपक्षी टोलीका कप्तान बाबर आजमबारे टिप्पणी गरेका छन् ।

एक टिभी कार्यक्रममा दिएको अन्तर्वार्ताका क्रममा उनले फ्यानले चलाएको किस्सालाई उल्लेख गर्दै ब्याट्सम्यानबारे व्यंग्य गरेका हुन् ।

ऋषभ पन्त नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिने खेलअघि टिभी कार्यक्रममा पुगेका थिए । यहाँ उनले भारत–पाकिस्तान खेललाई लिएर फ्यानहरुको उखानको चर्चा गरेका छन् । उद्घोषकले सोधे, ‘भारत र पाकिस्तानबीचको खेलमा ‘तेल लगाओ डाबर का, विकेट गिराओ बाबर का’ जस्ता नारा धेरै लगाइन्छ । त्यसमा पन्त मुस्कुराउदै भने, ‘म भन्न चाहन्छु कि खेलाडीको रुपमा हेर्दा उनीहरु पनि आफ्नो देशका लागि धेरै मेहनत गर्छन् । यो होइन कि त्यहाँ ठट्टा छ, तर एउटा चाखलाग्दो कुरा यो छ कि भावनाहरू एकसाथ आउँछन्, भारत एक देशको रूपमा, पाकिस्तान एक देशको रूपमा । फ्यानहरू पनि नयाँ–नयाँ उखानहरु सुरु गर्छन् । तपाईले भनेजस्तै… ‘तेल लगाउ डाबरको, विकेट गिराउ बाबरको’ । सर, यी सबै कुराले थप रोचक बनाउँछ ।

टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध भारतको कीर्तिमान उत्कृष्ट रहेको छ । सन् २००७ यता दुवै टोली यस प्रतियोगितामा सात पटक आमनेसामने भएका छन् । जसमध्ये भारतले ६ पटक र पाकिस्तानले एक पटक जितेको छ । योसँगै दुई टोलीबीच समग्र टी–२० मा १२ खेल भएका छन् । भारतले आठ पटक र पाकिस्तानले तीन पटक जितेको छ ।

२००७ मा एक खेल टाई भएको थियो, जुन भारतले ‘बाउल आउट’मा जित्यो । अर्थात् टिम इन्डियाले १२ मध्ये ९ वटा जितेको छ । पछिल्लो पटक सन् २०२२ मा भएको विश्वकपमा भारत र पाकिस्तानको टोली आमनेसामने भएका थिए र त्यसपछि मेलबर्नमा भएको खेलमा भारतले पाकिस्तानलाई चार विकेटले पराजित गरेको थियो ।

२०२४ को टी–२० विश्वकपमा कुल २० टोलीले खेलिरहेका छन्, जसलाई चार समूहमा विभाजन गरिएको छ । समूह ए मा भारत र पाकिस्तान रहेका छन् । आयोजक अमेरिका बाहेक यसमा क्यानडा र आयरल्याण्ड पनि परेका छन् । आफ्नो पहिलो खेलमा जित हात पार्दै भातर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने पहिलो खेलमा पाकिस्तानले हार बेहोरेको थियो । आज दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्नेछन् ।