२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बृहत् पूर्ण इजलास मागपछि बहस रोकियो, सबै रिट पढेर सुनाइँदै



अ+ अ-

काठमाडौ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमा सुनुवाई सुरु भएको छ । प्रधानन्यायाधीय चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा बुधवार सुनुवाइ भइरहेको हो । 

रिट निबेदकका तर्फबाट पहिलो बहस गर्दै पूर्बमहान्याधीबक्ता समेत रहनु भएका कानून ब्यबसायी रमणकुमार श्रेष्ठले बहस गरेका थिए । श्रेष्ठले गम्भीर संवैधानिक व्याख्यामा पूर्ण इजलासको माग गरे । त्यसपछि प्रधानन्यायाधीश राणाले बृहत् पूर्ण इजालस कुन निवेदनमा माग गरिएको छ भनेर प्रश्न गरे ।

त्यसपछि बहस रोकेर इजलास अधिकृतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सवै रिट पढेर सुनाइरहेको अधिवक्ता दिनेश लामिछानेले जानकारी दिए ।

विघटित प्रतिनिधिसभामा १२ जना निवेदकले यो मुद्दा १२ जना भन्दा बढी न्यायाधीश भएको बृहत्त पूर्ण इजलासमा हेर्न सर्वोच्चमा निवेदन दिएका थिए । 

प्रधानन्यायाधीश राणा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।