• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

मध्य गाजामा इजरायली हवाई आक्रमण: २१० प्यालेस्टाइनीको मृत्यु



एजेन्सी । शनिवार मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा घातक आक्रमण हुँदा २१० जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ ।

ट्याङ्क र हवाई आक्रमणहरूले शिविरलाई ध्वस्त पारेको बताइएको छ । आक्रमण्मा परी ४ सय भन्दा बढी घाइते भएका छन् । प्यालेस्टिनी मेडिकल रेकर्डका अनुसार भयानक आक्रमणमा मारिएका अधिकांश पीडितहरू थिए ।

मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालका निर्देशक खलिल अल–डाक्रानले नुसेइराट शिविर र देर अल सहरमा इजरायली बमबारीका कारण ठूलो संख्यामा घाइते प्यालेस्टाइनीहरूलाई अस्पताल पठाइएको थियो । जसमध्ये केहीको मृत्यु भएको पुष्टि भएको छ ।

मुख्य आपतकालीन जेनेरेटर चलाउनका लागि ओछ्यान, औषधि, चिकित्सा उपभोग्य सामग्री र इन्धनको चरम अभावको बीचमा घाइते प्यालेस्टिनीहरूलाई अझै अस्पतालमा पठाइँदै थियो ।