११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

मन्त्री बिराज भक्त श्रेष्ठको स्काउट सपथ, स्काउटमा राजनिति नर्गन चेतावनी

मन्त्री बिराज भक्त श्रेष्ठको स्काउट सपथ, स्काउटमा राजनिति नर्गन चेतावनी
अ अ+ अ-

काठमाडौं: युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा दिक्षा लिएकाछन् । बिहिबार स्काउट प्रधान कार्यालय लैनचौरमा आयोजित एक समारोह बिच मन्त्री श्रेष्ठले नेपाल स्काउट ऐन २०५० मा व्यवस्था भएअनुसार प्रमुख स्काउटको पद तथा गोपनियताको सपथ लिएका हुन् । सोही अवसरमा युवा तथा खेलकुद मन्त्रालय सचिवसुमनराज अर्यालले स्काउट राष्ट्रिय परिषद सदस्य को रुपमा सपथ लिएका छन् ।

दिक्षान्त समारोहमा बोल्दै मन्त्री श्रेष्ठले आफुले  स्काउटको स्वयत्ततामा  हस्तक्षेप नगर्ने बताए, तर स्काउटलाई कुनै पनि राजनितिक दलको भर्तीकेन्द्र बनाउन नदिने र जो कोही राजनितिक दलका सदस्यहरु स्काउटमा भए कि स्काउट कि दल रोज्न निर्देशन दिएका छन् ।

नेपाल स्काउट ऐन २०५० ले कुनैपनि राजिनितिक दलको सदस्यता लिएका वा राजनितिक गतिबिधिमा संलग्न भएका व्यक्तिलाई स्काउट सदस्य हुन नहुने व्यवस्था गरेपनि नेपाल स्काउट लामो समयदेखी राजनितिक संक्रमणको सिकार भएको मन्त्री श्रेष्ठले बताए ।

केही  समय अघि मन्त्री श्रेष्ठले जो कोही राजनितिक दलका सदस्यहरु स्काउटमा भए कि स्काउट कि दल रोज्न स्वघोषणाकालागि विज्ञप्ती मार्फत आह्वान गरेका थिए । उपस्थित स्काउट पदाधिकारीबिच उक्त विज्ञप्ती स्मरण गराउदै राजनितिक दलमा आबद्ध भएकाहरुलाई अटेर गरे कारबाही गर्ने प्रक्रियामा अघि बढ्ने चेतावनी पनि दिएका छन् । “मलाई विस्वास छ, स्काउट आफैले यो समस्या समाधान गर्न सक्छ, तर ढिलासुस्ती भए मन्त्रालयले आफ्नो कार्य गर्ने” मन्त्री श्रेष्ठले बताए ।

कार्यक्रममा स्काउट प्रमुख आयुक्त महेन्द्र राज रंजीतले स्काउट शिक्षालाई जनजनमा पुर्याउन सरकारको लगानी कम भएको बताए । समाजमा व्याप्त विकृती र विसंगतीको अन्त्य गर्न बालबालिका र युवाहरुलाई स्काउट शिक्षा अनिवार्य गर्नुपर्ने रंजीतको जोड थियो ।

खेलकुद मन्त्री श्रेष्ठले सपथ पश्चात स्काउट परिसरमा रहेको जग्गा र सम्पत्तीको स्थलगत अनुगमन गरेका थिए । स्काउटको जग्गा लामो समयदेखी एक काँग्रेस नेताको कब्जामा रेहेको थियो, मन्त्री श्रेष्ठकै पहलमा केही समय अघि उक्त जग्गा र भवन र्फिता लिई सिलबन्दी गरिएको थियो ।

कार्यक्रम पश्चात मन्त्री श्रेष्ठ राष्ट्रिय सभा बैठक र मन्त्रीपरिषद् बैठकमा समेत स्काउटकै पोशाकमा सहभागी भएका थिए ।