• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

मन्त्री बिराज भक्त श्रेष्ठको स्काउट सपथ, स्काउटमा राजनिति नर्गन चेतावनी



काठमाडौं: युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा दिक्षा लिएकाछन् । बिहिबार स्काउट प्रधान कार्यालय लैनचौरमा आयोजित एक समारोह बिच मन्त्री श्रेष्ठले नेपाल स्काउट ऐन २०५० मा व्यवस्था भएअनुसार प्रमुख स्काउटको पद तथा गोपनियताको सपथ लिएका हुन् । सोही अवसरमा युवा तथा खेलकुद मन्त्रालय सचिवसुमनराज अर्यालले स्काउट राष्ट्रिय परिषद सदस्य को रुपमा सपथ लिएका छन् ।

दिक्षान्त समारोहमा बोल्दै मन्त्री श्रेष्ठले आफुले  स्काउटको स्वयत्ततामा  हस्तक्षेप नगर्ने बताए, तर स्काउटलाई कुनै पनि राजनितिक दलको भर्तीकेन्द्र बनाउन नदिने र जो कोही राजनितिक दलका सदस्यहरु स्काउटमा भए कि स्काउट कि दल रोज्न निर्देशन दिएका छन् ।

नेपाल स्काउट ऐन २०५० ले कुनैपनि राजिनितिक दलको सदस्यता लिएका वा राजनितिक गतिबिधिमा संलग्न भएका व्यक्तिलाई स्काउट सदस्य हुन नहुने व्यवस्था गरेपनि नेपाल स्काउट लामो समयदेखी राजनितिक संक्रमणको सिकार भएको मन्त्री श्रेष्ठले बताए ।

केही  समय अघि मन्त्री श्रेष्ठले जो कोही राजनितिक दलका सदस्यहरु स्काउटमा भए कि स्काउट कि दल रोज्न स्वघोषणाकालागि विज्ञप्ती मार्फत आह्वान गरेका थिए । उपस्थित स्काउट पदाधिकारीबिच उक्त विज्ञप्ती स्मरण गराउदै राजनितिक दलमा आबद्ध भएकाहरुलाई अटेर गरे कारबाही गर्ने प्रक्रियामा अघि बढ्ने चेतावनी पनि दिएका छन् । “मलाई विस्वास छ, स्काउट आफैले यो समस्या समाधान गर्न सक्छ, तर ढिलासुस्ती भए मन्त्रालयले आफ्नो कार्य गर्ने” मन्त्री श्रेष्ठले बताए ।

कार्यक्रममा स्काउट प्रमुख आयुक्त महेन्द्र राज रंजीतले स्काउट शिक्षालाई जनजनमा पुर्याउन सरकारको लगानी कम भएको बताए । समाजमा व्याप्त विकृती र विसंगतीको अन्त्य गर्न बालबालिका र युवाहरुलाई स्काउट शिक्षा अनिवार्य गर्नुपर्ने रंजीतको जोड थियो ।

खेलकुद मन्त्री श्रेष्ठले सपथ पश्चात स्काउट परिसरमा रहेको जग्गा र सम्पत्तीको स्थलगत अनुगमन गरेका थिए । स्काउटको जग्गा लामो समयदेखी एक काँग्रेस नेताको कब्जामा रेहेको थियो, मन्त्री श्रेष्ठकै पहलमा केही समय अघि उक्त जग्गा र भवन र्फिता लिई सिलबन्दी गरिएको थियो ।

कार्यक्रम पश्चात मन्त्री श्रेष्ठ राष्ट्रिय सभा बैठक र मन्त्रीपरिषद् बैठकमा समेत स्काउटकै पोशाकमा सहभागी भएका थिए ।